काठमाडौं। सनराइज बैंकले स्थापनाको १५औं वर्ष पूरा गरेको छ। बार्षिकोत्सवको उपलक्ष्यमा बैंकले साइकल र्याली र रक्तदान कार्यक्रम सफलताका साथ समापन गरेको हो।
र्याली बैंकको प्रधान कार्यालयबाट सुरु भई काठमाडौ र ललितपुरका बिभिन्न टोल हुदै पुन: प्रधान कार्यालयमै आएर समापन भएको हो। बैंकले स्वच्छ वातावरण स्वस्थ जिवनू भन्ने नाराको साथ साइकल र्याली आयोजना गरेको जनाएको छ।
र्यालीमा ३५० जना भन्दा बढीको उत्साहपूर्ण सहभागिता रहेको थियो। बैंकका अनुसार कार्यक्रमले वातावरण संरक्षण र स्वस्थ रुपमा जीवन बाच्न सन्देश दिएको हो।
यसैगरी सन्राइज बैंकले आश्विन ९ गते आइतवार रक्तदान कार्यक्रम समेत गरेको छ। सो कार्यक्रममा पनि सहभागिता उत्साहपूर्ण रहेको बैंकले जनाएको छ।