BIZMANDU
www.bizmandu.com

कामना सेवा विकास बैंकको ‘फोनपे’ बाट भुक्तानी गर्दा हरेक दिन १ लाख र स्मार्टफोन जित्न सकिने

२०७९ असोज १०

काठमाडौं। कामना सेवा विकास बैंकको फोन पेबाट अनलाइन भुक्तानी गर्दा हरेक दिन १ लाख जितिने भएको छ। बैंकका अनुसार ‘फोन पे’ बाट क्यूआर, आइबीएफटी र अनलाइन भुक्तानी गर्दा ग्राहकले हरेक दिन १ लाख जित्न सक्ने भएका हुन्। 

Tata
Global Ime

फोन पे क्यूआरबाट भुक्तानी लिँदा व्यवसायीहरुले हरेक दिन स्मार्ट फोन जित्न सक्नेछन्। ग्राहकहरुले यो लक्की ड्र मा सहभागी हुन फोन पे अफर एपमा गई फेस्टिभ च्यालेन्ज एक्सेप्ट गर्नु पर्दछ।

योजना असोज ९ गतेदेखि लागू हुनेछ। यस्तै डिजिटल भुक्तानीमार्फत आकर्षक छुट पनि प्रदान गर्ने बैंकले जनाएको हो। ग्राहकहरुले क्यूआर प्रयोग गरी भुक्तानी गर्दा भुक्तानी रकमको १० प्रतिशत वा १०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्। 

बैंकले आफ्ना ‘फोन पे क्यूआर’ ग्राहकहरुलाई चाडपर्वको समयमा डिजिटल भुक्तानी गरी चाडपर्व अझै रमाइलो र भुक्तानी सहज गर्ने उद्देश्यले  अफर ल्याएको जनाएको छ। यस चाडपर्व लाइफ इजी बनाऔं, नगद छोडौं फोन पे गरौं भन्ने नाराका साथ बैंकले सो योजना ल्याएको जनाएको हो।