BIZMANDU
www.bizmandu.com

सरकारको कुल खर्च २ खर्ब रुपैयाँ नाघ्यो, असोज महिनाको ९ दिनमा ६७ अर्ब रुपैयाँ भुक्तानी 

२०७९ असोज १०

सरकारको कुल खर्च २ खर्ब रुपैयाँ नाघ्यो, असोज महिनाको ९ दिनमा ६७ अर्ब रुपैयाँ भुक्तानी 
सरकारको कुल खर्च २ खर्ब रुपैयाँ नाघ्यो, असोज महिनाको ९ दिनमा ६७ अर्ब रुपैयाँ भुक्तानी 


काठमाडौं। चालु वर्षको २ महिना ९ दिनमा सरकारी खर्च २ खर्ब नाघेको छ। असोज महिनामा सरकारी भुक्तानीको रफ्तार बढ्दा खर्च बढेको हो।

Tata
Global Ime

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार आइतबारसम्ममा २ खर्ब १ अर्ब ५० करोड खर्च भएको छ। जसमा सबैभन्दा धेरै चालु शिर्षकमा खर्च भएको छ। यो शिर्षकमा १ खर्ब ७२ अर्ब खर्च भएको छ। यस्तै वित्तिय व्यावस्थातर्फ २० अर्ब ३९ करोड खर्च भएको छ। विकास खर्च शिर्षकमा ९ अर्ब खर्च भएको छ।

असोज महिनाको ९ दिनमा मात्रै सरकारले ६७ अर्ब खर्च गरेको छ। असोज महिनामा कर्मचारी तलब भत्ता सुविधा, सामाजिक सुरक्षा भत्ता लगायतको भुक्तानी गर्दा खर्च बढेको हो। 

खर्च बढ्दा सरकारको आम्दानी भने घटेको छ। २ खर्ब १ अर्ब खर्च गरेको सरकारले आम्दानी भने १ खर्ब ८० अर्ब मात्रै भएको छ।