BIZMANDU
www.bizmandu.com

टीभीएस एनटर्क स्कुटरले कम्पनीको कारोबार ग्राफ उच्च, चार वर्षमा बिक्री ११ लाख युनिटभन्दा बढी

२०७९ असोज ११

टीभीएस एनटर्क स्कुटरले कम्पनीको कारोबार ग्राफ उच्च, चार वर्षमा बिक्री ११ लाख युनिटभन्दा बढी
टीभीएस एनटर्क स्कुटरले कम्पनीको कारोबार ग्राफ उच्च, चार वर्षमा बिक्री ११ लाख युनिटभन्दा बढी


काठमाडौं। टीभीएसको एनटर्क स्कुटर ११ लाख युनिट बिक्री भएको छ। कम्पनीले एनटर्क बिक्री गत अप्रिलमा १० लाखको माइलस्टोन पार गरेको थियो। कम्पनीका अनुसार हाल त्यो संख्या बढेर ११ लाख २४ हजार ६६१ युनिट पुगेको छ।

Tata
Global Ime

स्कुटरमा यो मोडल कम्पनीले २०१८ को फेब्रुअरीमा सार्वजनिक गरेको थियो। बजारमा ल्याएको दुई महिनाभित्रै एनटर्क स्कुटर २० हजार युनिट बिक्री हुँदा कम्पनीको कारोबारमै कीर्तिमान भएको थियो। त्यसयता कम्पनीले मासिक २० हजार युनिट एनटर्क स्कुटर बिक्री गर्दै आएको छ।

सन् २०१४ मा वृहस्पति समूह बजारमा प्रवेश गर्दा टीभीएसका दुई पांग्रेको बजार हिस्सा १२.६८ प्रतिशत थियो। दुई पांग्रे उत्पादन गरे पनि बजारमा प्रभाव बढाउन गाह्रो परेको अवस्था थियो। आठ वर्षपछि त्यो सेयर दोब्बर भएको छ। टीभीएस मोटर कम्पनी अब स्कुटर बजारमा होन्डाको ४८.५० प्रतिशतपछि दोस्रो स्थानमा छ भने सुजुकी १३ प्रतिशत सेयरसहित तेस्रोमा स्थानमा आएको छ। नेपालमा पनि एनटर्क स्कुटरको बिक्री राम्रो हुदा जगदम्बा मोटर्सको कमाइ बढेको छ।

यस्तै कम्पनीले जुपिटर पनि हालसम्म घरेलु बजारमा ५० लाख युनिट बिक्री गरिसकेको छ। एनटर्क स्कुटर हाल ६ वटा भेरियन्टमा उपलब्ध छ। जसमा ड्रम, डिस्क, रेस एडिसन, सुपर स्क्वाड एडिसन, रेस एक्सपी र एक्सटी रहेका छन्। यी सबै भेरियन्ट नेपाल पनि भित्रिइसकेका छन्।