BIZMANDU
www.bizmandu.com

टुबोर्ग ओपन थिममा भेकले ल्याए गीत, उदीयमान कलाकारहरुले भेटे जेसन डेरुलोलाई

२०७९ असोज ११

टुबोर्ग ओपन थिममा भेकले ल्याए गीत, उदीयमान कलाकारहरुले भेटे जेसन डेरुलोलाई
टुबोर्ग ओपन थिममा भेकले ल्याए गीत, उदीयमान कलाकारहरुले भेटे जेसन डेरुलोलाई



काठमाडौं। टुबोर्ग ओपन थिम ‘टेक द स्टेज’ अन्तर्गत अमेरिकी गायक तथा गीतकार जेसन डेरुलोलाई भेट्न पाएका नेपाली कलाकार भेकले आफ्नो गीत ल्याएका छन्। उनको गीत टुबोर्गको युट्युब च्यानलमा रिलिज गरिएको हो।

Tata
Global Ime

टुबोर्गको सहकार्यमा विश्वभरका अन्य उदीयमान कलाकारहरुले जेसन डेरुलोलाई भेट्ने र लसएन्जलसमा उनीसँग व्यक्तिगत मेन्टरशिप सत्र प्राप्त गरेका छन्। उक्त मेन्टरशिप सत्रमा जेसनले कलाकारहरुलाई सफल गीत सिर्जना गर्ने तरिका र संगीत उद्योगमा कसरी सफल हुने विषयको बारेमा जानकारी गराएका थिए।

जेसनको मेन्टरशिपबाट सिकेका कुराहरु आत्मसात गर्दै भेकले टुबोर्ग ओपन २०२२ का लागि आफ्नो नयाँ गीत 'खोलौं रमेर' प्रस्तुत गरेका छन्।

नेपालको लोकप्रिय बियर ब्रान्ड टुबोर्ग र संगीत निकै लामो समयदेखि सफलपूर्वक आबद्ध भइरहेको छ। टुबोर्ग ओपन २०२२ राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारहरुको सहकार्यबाट संगीत उद्योगमा योगदान पुर्‍याउँदै आएको पहलको निरन्तरता भएको कम्पनीले जनाएको छ। 

टुबोर्ग ओपेनले आफ्नो ५औं वर्षको सुरुवात जेसन डेरुलोको मेन्टरशिपमा भेकको नयाँ गीत ‘खोलौं रमेर’ को साथमा गरेको छ। उक्त गीत छोटो समयमै लोकप्रिय बनेको कम्पनीको भनाइ छ। 

‘निकै लामो समयदेखि टुबोर्ग संगीतसँग जोडिँदै आएको छ। टुबोर्गले नेपाली सांगीतिक जगतको उत्थानका लाग सधैं काम गर्दै आएको छ। टुबोर्ग ओपन २०२२ अभियान सोही उद्देश्यको पहल हो जहाँ हामीले नेपालका उदीयमान कलाकारहरुलाई उनीहरुको प्रतिभा प्रदर्शन गर्न प्लेटफर्म प्रदान गरेका छौं,' गोर्खा ब्रुअरीका मार्केटिङ डिरेक्टर आशिष विष्टले भने, 'हामी यस वर्षका लागि जेसन डेरुलो र भेकसँग सहकार्यका लागि निकै उत्साहित छौं र दर्शकहरुले दिनु भएको सकारात्मक प्रतिक्रियाहरुबाट खुसी छौं।’