BIZMANDU
www.bizmandu.com

सर्वसाधारणको खर्च बढेपछि बैंकिङ प्रणालीमा फर्किन थाल्यो निक्षेप, असोज पहिलो साता २६ अर्ब बढ्यो

२०७९ असोज ११

सर्वसाधारणको खर्च बढेपछि बैंकिङ प्रणालीमा फर्किन थाल्यो निक्षेप, असोज पहिलो साता २६ अर्ब बढ्यो
सर्वसाधारणको खर्च बढेपछि बैंकिङ प्रणालीमा फर्किन थाल्यो निक्षेप, असोज पहिलो साता २६ अर्ब बढ्यो


काठमाडौं। चाडपर्व नजिकिएसँगै सर्वसाधारणको खर्च बढेपछि बैंकिङ प्रणालीमा निक्षेप फर्किन थालेको छ। भदौ महिना लगातार बढेको निक्षेपले असोज पहिलो साता पनि निरन्तरता पाएको छ।

Tata
Global Ime

असोज ७ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप २६ अर्ब १४ करोड रुपैयाँले बढेको छ। भदौ अन्तिम साता ४४ खर्ब ८६ अर्ब रुपैयाँ रहेको बैंकहरुको कुल निक्षेप असोज पहिलो साताको अन्तिममा आइपुग्दा ४५ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ।

स्वदेशी मुद्राको निक्षेप झन्डै २६ अर्ब रुपैयाँ बढेको छ। यस्तै, विदेशी मुद्राको निक्षेपमा पनि समान्य वृद्धि देखिन्छ।

बैंकहरुले सो अवधिमा ४ अर्ब रुपैयाँ थप कर्जा दिएका छन्। भदौ अन्तिम साता ४१ खर्ब ९० अर्ब रुपैयाँ रहेको बैंकहरुको कुल कर्जा असोज पहिलो साताको अन्त्यसम्म आइपुग्दा ४१ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको हो।