BIZMANDU
www.bizmandu.com

नबिल बैंकका ग्राहकलाई भारतको म्याक्स हेल्थकेयरमा उपचार गर्दा सुविधा,१२% छुट पाउने

२०७९ असोज १२

काठमाडौं। नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच ग्राहकलाई उपचारमा छुट दिने सम्झौता भएको छ।

Tata
Global Ime

सम्झौता अनुसार बैंकको डेविट, क्रेडिट तथा प्रिपेड कार्ड होल्डरले उक्त हेल्थकेयरमा उपचार गराउँदा १२ प्रतिशत छुट पाउनेछन्।

नबिलका ग्राहकहरुले ओपीडी र आइपीडी सेवा लिँदा यो सुविधा पाउने बैंकले जनाएको छ।

बैंकका सीइओ ज्ञानेन्द्र ढुंगाना र म्याक्स हेल्थ केयरका बिक्री तथा मार्केटिङ निर्देशक अनस अब्दुल वाजिदले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे।

सम्झौतासँगै बैंकका ग्राहक तथा कर्मचारीहरुले अस्पतालका बिभिन्न सेवा सुविधाहरुमा छुट पाउने बताइएको छ।

म्याक्स हेल्थ केयरले भारतमा रहेका १७ वटा शाखाहरुबाट मृगौला, लिभर, बोनम्यारो प्रत्यारोपण तथा मुटुको शल्यक्रिया गर्दै आएको छ।