काठमाडौं। दुई दिनदेखि क्रमिक घटेको सुनको मूल्य बुधबार पुन: बढेको छ। मंगलबारको भन्दा सुन तोलामा २ सय रुपैयाँले बढेको हो।
बुधबारका लागि कारोबार मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार सुन तोलामा ४ सय रुपैयाँले घटेर कारोबार मूल्य प्रतितोला ९१ हजार ४ सय रुपैयाँ थियो।
चाँदीको मूल्य बुधबार तोलामा ५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११ सय ४५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस १६२३.९५ डलर र चाँदी १८.१८ डलरमा कारोबार भइरहेको छ।