BIZMANDU
www.bizmandu.com

दसैंमा एससीटीको बडा छुट अफर, भाटभटेनीमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १०% थप छुट

२०७९ असोज १२

दसैंमा एससीटीको बडा छुट अफर, भाटभटेनीमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १०% थप छुट
दसैंमा एससीटीको बडा छुट अफर, भाटभटेनीमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १०% थप छुट


काठमाडौं। स्मार्ट क्युआरले भाटभटेनी र एनआईसी एशिया बैंकसँगको सहकार्यमा दसैंको अवसर पारेर 'बडा छुट अफर' सार्वजनिक गरेको छ।

Tata
Global Ime

ग्राहकले जुत्ता तथा कपडा खरिदमा भाटभटेनीले उपलब्ध गराएको छुटमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा थप १० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्।

यो अफर भाटभटेनीका सबै शाखाहरुमा लागु हुनेछ। स्मार्ट क्युआरमा आबद्ध सबै बैंक तथा वालेटका ग्राहकहरुले यो अफर अन्तर्गत छुट प्राप्त गर्न सक्नेछन्।

विजयादशमीमा हुने किनमेल कारोबारमा स्मार्ट क्युआर प्रयोगकर्तालाई सहुलियत दिने तथा विद्युतीय भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो अफर सार्वजनिक गरिएको हो।

भाटभटेनीका कुनै पनि शाखामा आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एनआइसी एसिया मो बैंक, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, क्यु पे तथा  विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सकिनेछ।