BIZMANDU
www.bizmandu.com

लक्ष्मी बैंकले खोल्यो बागलुङको गल्कोटमा शाखा, १४३ स्थानमा पुग्यो बैंकको शाखा सञ्जाल

२०७९ असोज १२

लक्ष्मी बैंकले खोल्यो बागलुङको गल्कोटमा शाखा, १४३ स्थानमा पुग्यो बैंकको शाखा सञ्जाल
लक्ष्मी बैंकले खोल्यो बागलुङको गल्कोटमा शाखा, १४३ स्थानमा पुग्यो बैंकको शाखा सञ्जाल


काठमाडौं। लक्ष्मी बैंकले बागलुङको गल्कोटमा शाखा खोलेको छ। बैंकले हटिया बजारमा शाखा संचालनमा ल्याएको हो।

Tata
Global Ime

नयाँ शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ।

नयाँ शाखाको शुरुवातसँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १४३ शाखा पुगेको छ। बैंकको १३ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७७ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ७१ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामकरूपमा आफनो शाखा सेवा विस्तार गर्दै आएको छ।

यो शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाइको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोबाइल फोनमार्फत बैंकिङ सेवा प्रदान गरी सहरी तथा अर्ध-सहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्त्वपूर्ण फड्को मार्ने बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ।