BIZMANDU
www.bizmandu.com

एभरेष्ट बैंकको बिर्तामोड शाखा नयाँ स्थानमा, नयाँ कार्यालयबाट आधुनिक बैंकिङ सेवा

२०७९ असोज १२

काठमाडौं। एभरेष्ट बैंकले बिर्तामोड शनिश्चरे रोडमा रहेको बैंकको शाखा कार्यलय नयाँ स्थानमा सरेको छ। 

Tata
Global Ime

सो ठाँउबाट १ किलेमिटर पूर्वको मायादेवी कम्प्लेक्स धर्मकाँटा, सिटी सेन्टर नजिक बैंकको कार्यलय सरेको बैंकले जनाएको हो।  बैंकले नयाँ स्थानबाट कारोबार सुचारु गरिसकेको छ। 

बैंकले स्थानान्तरित कार्यालयबाट सेवाग्राहिलाई आधुनिक सेवाको अनुभव समेत गराउने प्रतिबद्धता जनाएको छ।

कार्यक्रममा बैंकका प्रदेश नं. १ का प्रादेशिक प्रबन्धक जनक चापागाँईले सो स्थानान्तरित शाखाबाट ग्राहकहरुले सम्पूर्ण आधु्निक बैंकिङ सेवा सुविधा उपभोग गर्न सक्ने बताए।