BIZMANDU
www.bizmandu.com

सिभिल मलको दसैंलक्षित योजना, सपिङ गर्दा टिभिएसको एन्टर्क आरटिए फआइ स्कुटर जित्न सकिने

२०७९ असोज १२

सिभिल मलको दसैंलक्षित योजना, सपिङ गर्दा टिभिएसको एन्टर्क आरटिए फआइ स्कुटर जित्न सकिने
सिभिल मलको दसैंलक्षित योजना, सपिङ गर्दा टिभिएसको एन्टर्क आरटिए फआइ स्कुटर जित्न सकिने


काठमाडौं। सिभिल मलले दसैं तिहारलक्षित योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत सपिङ गर्ने ग्राहकहरुले टिभिएस एन्टर्क आरटिएफआइ स्कुटर, डिएचआइ ब्रान्डका इलेक्ट्रोनिक सामाग्री जित्न सक्ने मलले जनाएको छ।

Tata
Global Ime

मलका अनुसार ग्राहकहरुले जाम्न डटकमको तर्फबाट पोखराका लागि राउन्ड ट्रिप प्याकेज, दिनहुँ गिफ्ट भौचर र नगद पुरस्कार पाउन सक्नेछन्। 
मलले एक हजार रूपैयाँ वा सोभन्दा बढी रकमको सपिङ गर्ने उपभोक्तालाई लक्षित गरी विभिन्न आकर्षक उपहारको व्यवस्था गरेको जनाएको छ। असोज ८ गतदेखि कात्तिक २६ गतेसम्म लागू हुने यो योजना हरेक दिन बिहान १०:०० बजेदेखि बेलुका ८:०० बजेसम्म सञ्चालन हुने मार्केटिङ म्यानेजर अमिर ठकुरीले बताए।

उनका अनुसार मलमा सपिङ गर्ने एकजना भाग्यशाली ग्राहकले बम्पर उपहारअन्तर्गत टिभिएसको एन्टर्क आरटि एफआइ स्कुटर पाउन सक्ने ठकुरीले जानकारी दिए।

मलले आयोजना गरेको टिकटक च्यालेन्जमा साप्ताहिक रुपमा आकर्षक पुरस्कार प्रदान गरिने मलले जनाएको छ।