BIZMANDU
www.bizmandu.com

‘बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि भएपछि दाबी भुक्तानी र बीमा प्रतिको विश्वास बढ्छ’

२०७९ असोज १२


काठमाडौं। बीमा कम्पनीहरुको पूँजी वृद्धि भएपछि बीमा दावी भुक्तानी र बीमाप्रतिको विश्वास बढ्ने बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताएका छन् ।

Tata
Global Ime

बीमा समिति कर्मचारी युनियनले आज ललितपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष सिलवालले  बीमा कम्पनीहरुको पूँजी वृद्धिको निर्णय गरे अनुरुप पूँजी बृद्धिका लागि दुईवटा कम्पनी मर्ज भएका र अन्य २० वटा कम्पनीले मर्जरका लागि समितिबाट स्वीकृति लिएको जानकारी दिए।

'नयाँ बीमा ऐन आएपछि बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरण हुने र स्वायत्तताको अभ्यास गर्दै अगाडि बढ्ने छ'  उनले भने  ।

मन्त्रिपरिद्षमा  पेश भएको राष्ट्रिय बीमा नीति स्वीकृत भएपछि सोही नीतिका आधारमा संघ, प्रदेश र स्थानीय तहमा बीमा सम्बन्धीकाम कारवाही अगाडि बढ्ने र बीमा क्षेत्र थप व्यवस्थित हुने अध्यक्ष सिलवालले बताए।

आगामी केही महिनाभित्रै प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशमा पनि बीमा समितिका प्रदेश कार्यालयहरु स्थापना गरिने र मंसीरदेखि बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमहरुलाई अभियानका रुपमा संचालन गरिने जानकारी दिए।

 त्यस्तै , बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा समितिका काम कारवाहीलाई अझ प्रभावकारी बनाउने क्रममा समितिको नयाँ कर्मचारी दरबन्दी स्वीकृत भएको बताए।