BIZMANDU
www.bizmandu.com

सूर्य इनर्जीले ९१.१५ मेगावाटको बुढीगण्डकी नदी जलविद्युत आयोजना निर्माण गर्ने, इआइए बनाउँदै

२०७९ असोज २७

सूर्य इनर्जीले ९१.१५ मेगावाटको बुढीगण्डकी नदी जलविद्युत आयोजना निर्माण गर्ने, इआइए बनाउँदै
सूर्य इनर्जीले ९१.१५ मेगावाटको बुढीगण्डकी नदी जलविद्युत आयोजना निर्माण गर्ने, इआइए बनाउँदै

काठमाडौं। सूर्य इनर्जी प्राइभेट लिमिटेडले ९१.१५ मेगावाटको बुढीगण्डकी नदी जलविद्युत आयोजना निर्माण अघि बढाउने भएको छ। 

Tata
Global Ime

त्यसका लागि कम्पनीले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन तयार पारिरहेको छ।

सूर्य इनर्जीले बिहीबार सूचना निकालेर इआइए प्रतिवेदनमाथि कात्तिक ३ गते सार्वजनिक सुनुवाई गर्न लागेको उल्लेख गरेको छ। आयोजना गोरखाको चुमनुब्री गाउँपालिका ३, ५ र ६ मा पर्ने बुढीगण्डकी नदीको पानीलाई  प्रयोग गरी निर्माण हुनेछ।

प्रस्तावित आयोजनाको  प्रारम्भिक वातावरणीय परीक्षणको कार्यसूची प्रतिवेदन ऊर्जा,जलस्रोत तथा सिंचाइ मन्त्रालयले स्वीकृत गरिसकेको छ।

आयोजना कार्यान्वयन गर्नुपूर्व प्रभावित क्षेत्रको वातावरणीय अवस्थासम्बन्धी अध्ययन तथा आयोजनाप्रति स्थानीय सरोकारवालाहरु, सरकारी कार्यालय, संघसंस्था तथा व्यक्तिगत राय/सुझाव तथा प्रतिक्रियाका लागि सार्वजनिक सुनुवाइ गर्न लागिएको सूचनामा उल्लेख छ।