काठमाडौं। चिनियाँ कार निर्माता बिवाइडीको इलेक्ट्रिक एसयुभी एटो ३ ले युरो एनक्याप क्र्यास टेस्टहरूमा प्रभावशाली फाइभ स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ।
युरो एनक्यापले दुवै राइट ह्यान्ड र लेफ्ट ह्यान्ड ड्राइभ कन्फिगरेसनहरूको सबै भेरियन्टहरूमा मूल्यांकन गरेको हो। त्यही अनुसार युरो एनक्यापले एटो ३ लाई फाइभ स्टार सुरक्षा रेटिङ दिएको जनाएको छ।
बिवाइडीले यही शनिबार उक्त इलेक्ट्रिक एसयुभी एटो ३ नेपालमा सार्वजनिक गर्दैछ। कम्पनीले केही दिन अगाडि भारतमा पनि एटो ३ सार्वजनिक गरेको छ।
बेस एक्टिभ ट्रिम परीक्षण गरिएकोमा सबै सुरक्षा सुविधाहरूले सुसज्जित छ। यसले उक्त टेष्टमा एडल्ट अकुपेन्ट सुरक्षा परीक्षणमा ३८ अंकमा ३४.७ अंक प्राप्त गरेको छ। ग्लोबल एनक्याप जस्तै युरो एनक्यापले एटो ३ को बेस एक्टिभ ट्रिममा परीक्षण गरेको हो।
जसमा सेन्ट्रल फ्रन्ट एयरब्याग, सिट बेल्ट प्रटेन्सनर्स, एन्कोरेज र अडास सुविधाहरू जस्तै इमरजेन्सी ब्रेकिङ, लेन किप असिस्टसहित ७ वटा एयरब्याग छन्। यी सबै सुविधाहरू भारत-विशेष मोडेलमा पनि उपलब्ध हुनेछन्।
एट्टो ३ ले चालक र यात्रु दुवैलाई राम्रो वा पर्याप्त सुरक्षा प्रदान गरेको छ। यसले साइड इफेक्ट टेस्टमा पनि अधिकतम अंक हासिल गरेको छ। यसैगरी अधिक गम्भीर साइड पोल परीक्षणमा यसले चालकको छाती क्षेत्रमा कमजोर सुरक्षा प्रदान गरेको थियो।