BIZMANDU
www.bizmandu.com

अढाई वर्षपछि पुनः उडान सुरु गरेको क्याथेमा ९० प्रतिशतसम्म अकुपेन्सी, उडान संख्या विस्तार गर्दै

२०७९ असोज २७

अढाई वर्षपछि पुनः उडान सुरु गरेको क्याथेमा ९० प्रतिशतसम्म अकुपेन्सी, उडान संख्या विस्तार गर्दै
अढाई वर्षपछि पुनः उडान सुरु गरेको क्याथेमा ९० प्रतिशतसम्म अकुपेन्सी, उडान संख्या विस्तार गर्दै


काठमाडौं। हङकङको जायन्ट वायुसेवा क्याथे प्यासेफिकले अढाई वर्ष पछि नेपाल तर्फ उडान सुरु गरेसँगै यात्रुको माग उल्लेख्य वृद्धि भएको जनाएको छ। 

Tata
Global Ime

साताको दुईवटा उडानबाट आफ्नो सेवा पुनः सुरु गरेको यो कम्पनीले यात्रुको मागलाई मध्यनजर गर्दै उडान संख्या थप विस्तार गर्ने योजना रहेको आधिकारीक जिएसए अमरावती ट्राभलका सञ्चालक जुगेश श्रेष्ठले बताए।

'यो सेक्टरमा अहिले नेपाल वायुसेवा निगम र क्याथेले नियमित उडान गर्दै आएको छ। कोभिड संक्रमण नियन्त्रणमा आएसँगै यतिखेर व्यवसायी, शैक्षिक भ्रमणमा आउजाउ गर्ने यात्रुको माग उल्लेख्य रहेको छ,' श्रेष्ठले भने।

उनका अनुसार कम्पनीले हाल साताको शुक्रबार र शनिबार गरी दुई दिन उडान गर्दै आएको छ।

हाल यो गन्तव्य तर्फ सुरुवाती भाडादर ६० हजार रुपैयाँ रहेको उनले जानकारी दिए। यसअघि नेपाल तर्फ क्याथेअन्तर्गत ड्रागनले उडान गर्दै आएको थियो। ड्रागनलाई सदाका लागि हटाइएपछि प्यासेफिक मार्फत नेपाल उडान पुनः सुरु गरेको छ। प्यासेफिकले दुई साता अघिबाट नेपाल उडान थालेको थियो। क्याथे प्यासेफिकका लागि नेपाल नयाँ गन्तव्य हो।

क्याथे प्यासिफिक एयरले कोभिड-१९ का कारण आफ्नो तीनवटा ब्राण्डमध्ये एउटा ब्राण्ड 'क्याथे ड्रागन' बन्द गरिसकेको छ। हवाई सेवा व्यवसायमा देखिएको असहज परिस्थितिका कारण व्यवस्थापन गर्ने कम्पनी उक्त निर्णयमा पुगेको बुझिएको छ।