BIZMANDU
www.bizmandu.com

नेशनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीच मर्जर सम्झौता, दुवै कम्पनीको सेयर कारोबार रोक्का

२०७९ असोज २७

नेशनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीच मर्जर सम्झौता, दुवै कम्पनीको सेयर कारोबार रोक्का
नेशनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीच मर्जर सम्झौता, दुवै कम्पनीको सेयर कारोबार रोक्का

काठमाडौं। नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र समिट लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

Tata
Global Ime

यी कम्पनीबीच असोज २६ गते एक आपसमा गाभ्ने तथा गाभिने समझदारी पत्रमा हस्ताक्षर भएको छ। मर्जरमा जाने भएपछि बिहीबारबाटै यी दुवै कम्पनीको सेयर कारोबार रोक्का गरिएको छ।

नेप्सेका अनुसार बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने तथा गाभिने (मर्जर तथा एक्विजिसन) सम्बन्धी नियमावली २०६३ को विनियम ६(१) अनुसार यी दुई संस्थाको सेयर कारोबार आजबाट धितोपत्र दोस्रो बजारमा कारोबार गर्न नमिल्ने गरी रोक्का राखिएको हो।

दुई कम्पनीमध्ये बुधबार समिट लघुवित्तको सेयर ३४ अंकले बढेर प्रति कित्ता ९६३ मा बन्द भएको थियो। नेशनल माइक्रोफाइनान्सको सेयर कारोबार ४५ अंकले घटेर प्रति कित्ता २००० मा बन्द भएको थियो।