BIZMANDU
www.bizmandu.com

दश वर्षको ‘सेयर बढ्ने प्रवृत्ति’ लाई ब्रेक लगायो बजारले, ‘बजारले शक्ति सञ्चिति गरेको हो’


दश वर्षको ‘सेयर बढ्ने प्रवृत्ति’ लाई ब्रेक लगायो बजारले, ‘बजारले शक्ति सञ्चिति गरेको हो’
दश वर्षको ‘सेयर बढ्ने प्रवृत्ति’ लाई ब्रेक लगायो बजारले, ‘बजारले शक्ति सञ्चिति गरेको हो’


काठमाडौं। पछिल्लो १० बर्षको पहिलो त्रैमासले सेयर बजारलाई उत्साह दिने गरेको छ। चालु वर्षको पहिलो त्रैमासको अन्तिम दिन नजिकिँदै गर्दा यस अवधिमा सेयर बजारमा भने खासै उत्साह देखिएको छैन। यसो हुँदा बजारले चालु वर्ष १० वर्षको प्रवृत्तिलाई खण्डित गरेको छ।

Tata
Global Ime

अघिल्लो दश वर्षको इतिहासमा सेयर बजारले पहिलो त्रैमासमा बाँकी त्रैमासमाभन्दा फराकिलो छलाङ लिने गरेको थियो। वार्षिक २० प्रतिशतका दरले सेयर परिसूचक वृद्धि हुने गरेको थियो।

तर दसैंसँगै नजिकिएको पहिलो त्रैमासमा यसपटक यस्तो देखिँदैन। दसैंले पनि सेयर बजारलाई सकारात्मक बाटोमा लैजान्छ भन्ने आम अनुमान विपरित सूचक निरन्तर ओरालो लागिरहेको छ। दसैंसँगै खर्च बढ्नु त स्वभाविक नै हो, उपभोग वृद्धि भएर आम सर्वसधारणको पैसा पनि बाहिर आउँछ। निजी क्षेत्रको लगानी पनि वृद्धि हुन्छ।

त्यसैले बजारमा तरलता बढेर सेयर बजार पनि बढ्छ भन्ने अपेक्षा अनुभवीहरुको हो। विगतमा पनि दसैंसँगै सेयर बजार सूचक माथि गएका उदाहरणहरु छन्। अपवाद बनेका केही आर्थिक वर्षबाहेक सेयर बजार बढेको नै छ।

यसपटक भने दसैंअघि सूचक ओरालो लाग्यो। र, कारोबार रकम पनि ह्वात्तै घटेको छ। पछिल्लो समय बजारको गतिविधि प्रक्षेपणभन्दा गलत साबित हुँदा अनुमान बाहिर जाँदै गएको टिप्पणी हुन थालेको छ।

दसैंको मुखमा आएर बढेको ब्याजले सेयर बजारलाई अनुमानित ट्रेन्ड विपरित धकेलेको अनुभवीहरुको बुझाइ छ। ‘बिस्तारै प्रणालीमा पैसा फर्किदै छ। तर एक्कासी बढेको ब्याजदरले आर्थिक अवस्था अझै खस्किने हो कि भन्नेमा कारोबारीहरु चिन्ता छ,’ एक विश्लेषकले भने।

आर्थिक वर्ष

पहिलो त्रैमासको अन्त्य

दोस्रो त्रैमासको अन्त्य

तेस्रो त्रैमासको अन्त्य

चौथो त्रैमासको अन्त्यमा

२०७८/७९

२६५७

२८५७.८

२४१५.३

२००९.५

२०७७/७८

१५६२.५

२२८६.६

२७१४.८

२८८३.४

२०७६/७७

११३७.८

१२६३.४

१२५१.५

१३६२.४

२०७५/७६

१२४१.६

११७८

११८४

१२५९

२०७४/७५

१५५९.२

१४३१.१

१२७७.६

१२१२.४

२०७३/७४

१८०३.७

१४७९.९

१६९७.१

१५८२.७

२०७२/७३

११३४.५

११९०.२

१३८८.६

१७१८.२

२०७१/७२

९२३.६

९३९.५

९४८.४

९६१.२

२०७०/७१

५७१.५

७८७.१

८१८.४

१०३६.१

२०६९/७०

४२७.३

५२९.७

५२३.४

५१८.३

वार्षिक वृद्धि दर %

२०.०५

१८.३६

१६.५२

१४.५१

बढेको ब्याजप्रति सरकार पनि गम्भीर देखिएको छ। अर्थमन्त्री जनार्दन शर्माले ब्याजदर घटाउने उपाय के हुन सक्छ भनेर समिति नै बनेका छन्। समितिले प्रतिवेदन बुझाइसकेको छ।

‘समितिको प्रतिवेदन कार्यान्वयनमा आएर बजारलाई केही राहत मिल्ला कि भन्ने हो,’ नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले भने।

तरलता अभावले अर्थतन्त्र नै पूरै चपेटामा पर्न थालेको छ। बाह्य अवस्थामा पनि खासै सुधार देखिएको छैन। विदेशी मुद्रा सञ्चिति घट्ने क्रम भने रोकिएको छ।

'औद्योगिक व्यवसायिक क्षेत्रले अहिलेको जस्तो मन्दी भोगेको थिएन,' उद्योगी साहिल अग्रवालले भनेका छन्। बैंकबाट ऋण पाउने कुरा त असम्भव जस्तै भएको छ। बैंक ऋण र ब्याज वृद्धिपछि सेयर बजार र घरजग्गा कारोबार पनि खुम्चिन थाल्यो।

विगत लामो समयदेखि सेयर बजारको सकारात्मक प्रदर्शन देखिएको छैन। सामान्य केही चढावबाहेक लगानीकर्ताले सेयर बजारमा अन्य सुधार अनुभव गर्न पाएका छैनन्। बरु वृद्धि पछिको गिरावट भने झन् फराकिलो हुँदै गएको छ।

सँगै कारोबारले पनि साथ गुमाउँदै छ। यसले लगानीकर्ताको रुचि पनि सेयर बजारबाट गुमेको देखिन्छ। अघिल्लो पटक १८ सयमा हुने कारोबार जति पनि यसपटकको सेयर कारोबार भएको छैन। बढेको लगानीकर्ताको संख्या बाबजुद किनबेच निकै न्यून छ। बजारमा उत्साह नफर्किंदा आम लगानीकर्ता निष्क्रिय बसेका हुन्।

यद्यपि बजार प्रति त्यति नकरात्मक हुन नहुने विश्लेषक विष्णुप्रसाद बस्यालको सुझाव छ। बजारले यो समय शक्ति सञ्चित गर्न लगाएको उनको बुझाइ हो।

‘बजार बलियो बन्न समय खर्चेको छ। यो कन्सोलिडेसन फेज हो,’ बस्यालले भने।