BIZMANDU
www.bizmandu.com

सनराइज क्यापिटलले घटायो लाभांश दर, साधारण सभाबाट २५ प्रतिशत लाभांश पारित गर्दै

२०७९ असोज २७

काठमाडौं। मर्चेन्ट बैंकहरुले वितरण गर्दै आएको लाभांश दर घट्न थालेको छ। सेयर बजार ओरालो लागेका कारण प्रतिफल कम भएर उनीहरुको पनि लाभांश दर घटेको हो। 

Tata
Global Ime

चालु वर्ष लाभांश सार्वजनिक गरिरहेका कम्पनीहरुको लाभांश पोहोरभन्दा घटेको छ। 

सनराइज क्यापिटलले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश दर करिब ३७ प्रतिशतले घटाएको छ। क्यापिटलले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

लाभांश कम्पनीले कात्तिक १८ गते सम्पन्न गर्ने १२औँ वार्षिक साधारण सभाबाट पारित गर्दैछ। यसअघि आर्थिक वर्ष २०७७/०७८ मा कम्पनीले लगानीकर्तालाई ४० प्रतिशतल नगद लाभांश वितरण गरेको हो।

जानकारहरुका अनुसार धितोपत्र बोर्डले केही समय अघि आस्वा शूल्कमा गरेको कटौतीले मर्चेन्ट बैंकहरुको आम्दानीमा ठूलो धक्का लागेको छ। यसले गर्दा लाभांश दर पनि घटेको देखिन्छ।