BIZMANDU
www.bizmandu.com

पिपुल्स पावरको ६३ लाख बढी साधारण सेयर नेप्सेमा भयो सूचीकृत, ओपनिङ रेन्ज ९४.९६ देखि २८४.८८ रुपैयाँ

२०७९ असोज २७

पिपुल्स पावरको ६३ लाख बढी साधारण सेयर नेप्सेमा भयो सूचीकृत, ओपनिङ रेन्ज ९४.९६ देखि २८४.८८ रुपैयाँ
पिपुल्स पावरको ६३ लाख बढी साधारण सेयर नेप्सेमा भयो सूचीकृत, ओपनिङ रेन्ज ९४.९६ देखि २८४.८८ रुपैयाँ

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार पिपुल्स पावर लिमिटेडको साधारण सेयर सूचीकृत भएको छ। आज नेप्से र कम्पनीबीच भएको सम्झौता अनुसार दोस्रो बजारमा कारोबार गर्नेगरी ६३ लाख २६ हजार कित्ता साधारण सेयर सूचीकृत भएको हो।

Tata
Global Ime

उक्त सेयरमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बिक्री गरिएको ६ लाख ३२ हजार ६०० कित्ता, कर्मचारीसहित सर्वसाधरणमा बिक्री गरिएको २४ लाख ६७ हजार ४०० कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ३२ लाख २६ हजार कित्ता सूचीकृत भएको छ।

सूचीकृत सेयर आइतबारबाट दोस्रो बजारमा कारोबार गर्न मिल्ने छ।

नेप्सेले कम्पनीलाई कारोबारका लागि 'पिपिएल' संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि ओपनिङ रेन्ज ९४.९६ देखि २८४.८८ रुपैयाँ प्रदान गरेको छ।