BIZMANDU
www.bizmandu.com

एकै दिन बढ्यो वाणिज्य बैंकहरुको निक्षेप ३६ अर्ब रुपैयाँले, सीडी रेसियो ८७ प्रतिशतमा झर्‍यो

२०७९ असोज २८

एकै दिन बढ्यो वाणिज्य बैंकहरुको निक्षेप ३६ अर्ब रुपैयाँले, सीडी रेसियो ८७ प्रतिशतमा झर्‍यो
एकै दिन बढ्यो वाणिज्य बैंकहरुको निक्षेप ३६ अर्ब रुपैयाँले, सीडी रेसियो ८७ प्रतिशतमा झर्‍यो


काठमाडौं। वाणिज्य बैंकहरुमा एकै दिन ३६ अर्ब रुपैयाँले निक्षेप बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार, गत साताको अन्तिममा निक्षेप ह्वात्तै बढेको हो।

Tata
Global Ime

बैंकहरुसँग गत मंगलबारसम्म ४४ खर्ब ८१ अर्ब रुपैयाँ निक्षेप थियो। बुधबारसम्म आउँदा त्यो बढेर ४५ खर्ब १७ अर्ब रुपैयाँ पुगेको हो।

ऋण भने उल्टो घटेको छ। ४१ खर्ब ८३ अर्ब रुपैयाँको ऋण एक अर्ब रुपैयाँले घटेको हो। निक्षेप उच्च दरले बढ्ने तर ऋण घट्ने हुँदा बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) मा सुधार देखिएको छ। ८७.८१ प्रतिशतको सीडी रेसियो ८७.०१ प्रतिशतमा आएको छ।

बैंकरका अनुसार, दसैंमा खर्च भएको पैसा बिस्तारै प्रणालीमा फर्किएको छ भने सरकारले निर्वाचनका लागि केही खर्च बढाएको छ। दसैंअघि भुक्तानी भएका चेकहरु बल्ल बैंक पुगेकाले पनि निक्षेपमा सुधार भएको हो।