BIZMANDU
www.bizmandu.com

सुनको मूल्यमा सामान्य गिरावट, शुक्रबार प्रतितोला ९४ हजार १००, चाँदीमा १० रुपैयाँ घट्यो

२०७९ असोज २८

सुनको मूल्यमा सामान्य गिरावट, शुक्रबार प्रतितोला ९४ हजार १००, चाँदीमा १० रुपैयाँ घट्यो
सुनको मूल्यमा सामान्य गिरावट, शुक्रबार प्रतितोला ९४ हजार १००, चाँदीमा १० रुपैयाँ घट्यो


काठमाडौं। साताको अन्तिम दिन सुनचाँदीको मूल्य घटेको छ। बिहीबारको भन्दा सुन तोलामा एक सय रुपैयाँले घट्दै कारोबार मूल्य प्रतितोला ९४ हजार १ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
Global Ime

बिहीबार सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँ थियो।

शुक्रबार चाँदी तोलामा १० रुपैयाँ घटेर कारोबार मूल्य प्रतितोला ११ सय ८५ रुपैयाँ भएको छ। 

बिहीबार चाँदी तोलामा १० रुपैयाँले घट्दै प्रतितोला ११ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको मूल्य थोरै बढेको छ। सुन प्रतिऔंस १६६८.८० डलरमा कारोबार भएको छ। बिहीबार सुन १६६७.६० डलर थियो।

चाँदी प्रतिऔंस १८.९९ डलर छ । बिहीबार चाँदी १८.९८ डलरमा कारोबार भएको थियो।