BIZMANDU
www.bizmandu.com

आशीर्वाद दाल उद्योगले गर्‍यो एकैवर्ष ८२ करोड ८० लाखको कारोबार, जगत ब्राण्डमा बेच्छ दाल

२०७९ असोज २८

आशीर्वाद दाल उद्योगले गर्‍यो एकैवर्ष ८२ करोड ८० लाखको कारोबार, जगत ब्राण्डमा बेच्छ दाल
आशीर्वाद दाल उद्योगले गर्‍यो एकैवर्ष ८२ करोड ८० लाखको कारोबार, जगत ब्राण्डमा बेच्छ दाल


काठमाडौं। जगत ब्राण्डको दाल प्रशोधन गरी बिक्री गर्ने आशीर्वाद दाल मिल्स प्रालिले २०२१ मा ८२ करोड ८० लाख रुपैयाँको कारोबार गरेको छ। वीरगंजमा प्लान्ट रहेको उद्योगसँग दुईवटा प्रशोधन युनिट छन्।

Tata
Global Ime

दैनिक ३५ टन मासको दाल प्रशोधन गर्ने युनिटबाट मुंग र मासको दाल उत्पादन हुने बताइएको छ। दैनिक ४० टन प्रशोधन युनिटबाट चना, मसुर र रहरको दाल उत्पादन हुने कम्पनीले जनाएको छ। दुवै युनिट जनवरी २०२१ बाट सञ्चालनमा आएका थिए। 

२०२० मा ४० करोड ७० लाख रुपैयाँ र २०१९ मा ४० करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो। दाल उद्योगको प्लान्ट वीरगंज सुक्खा बन्दरगाहभन्दा १ किलोमिटर दूरीमा छ। जसका कारण कच्चा पदार्थ आयात र ढुवानीमा सहजता थपिएको कम्पनीले जनाएको छ। काठमाडौं कम्पनीका लागि सबैभन्दा ठूलो बजार हो।

कम्पनीले अष्ट्रेलिया, क्यानडा, तान्जानिया र म्यानमारबाट कच्चा पदार्थ आयात गरिरहेको छ। कम्पनीका अध्यक्ष शिवजीप्रसाद साह कल्वार र प्रबन्ध निर्देशक प्रमोदकुमार साह छन्। 

कम्पनीले ७४ करोड ७० लाख रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पाएको छ। रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले ११ करोड २० लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी डबल बी माइनस रेटिङ पाएको छ। ६३ करोड ५० लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ए फोर रेटिङ पाएको छ।