BIZMANDU
www.bizmandu.com

काठमाडौंमा १०० स्टार्टअपहरुको सहभागितामा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ आयोजना हुँदै 

२०७९ असोज २८

काठमाडौं। काठमाडौंमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ आयोजना हुने भएको छ। आगामी कात्तिक १८ र १९ गते हुने फेस्टमा १०० भन्दा बढी स्टार्टअप तथा इन्नोभेसनहरुको सहभागिता रहने आयोजक लिभिङ विथ आईसीटीले जनाएको छ। 

Tata
Global Ime

यसअघि लिभिङ विथ आइसीटीले सातै प्रदेशमा फेस्टको आयोजना गर्दै काठमाडौं बाहिरबाट ४० बढी स्टार्टअप तथा आइडियाहरुलाई छनोट गरिसकेको छ ।

यस फेस्टमा काठमाडौं बाहिरका ४० भन्दा बढी स्टार्टअप र आइसीटी अवार्ड २०२२ को प्रतिस्पर्धाबाट छनोट भएका शीर्ष  १२ सहित १०० भन्दा बढी स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरुले सहभागिता जनाउने छन्। 

यस फेस्टमा विभिन्न सस्थाहरुले विकास गरेका नयाँ प्रविधि तथा इन्नोभेसन, रोबोट, ड्रोन र रकेट साइन्सका उपकरणहरु समेत प्रदर्शनमा रहनेछन्। काठमाडौं बाहिरबाट सहभागी हुने ४० भन्दा बढी स्टार्टअप र आइडियाका सस्थापकहरुलाई किङ्स कलेजले तीन दिनको बुटक्याम्प सञ्चालन गर्नेछ। 

साथै विभिन्न आइटी कम्पनीमा भिजिट र मेन्टरिङका सेसनहरु पनि सञ्चालन हुनेछन्। 

फेस्टमा इन्फो डेभलपर्स आइसिटी अवार्ड २०२२ को प्रतिस्पर्धाबाट छनोट भएका शीर्ष  १२ स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसनहरुले पनि सहभागिता जनाउनेछन । उनीहरुलाई अवलोकनकर्ताले प्रत्यक्ष भोटिङ गर्न सकिने सुविधा पनि उपलब्ध हुनेछ। 

शीर्ष १२ स्टार्टअपमा एरिया टेक्नोलोजी, बीआईसी टेक्नोलोजी, बिहे नेपाल, क्युरा हेल्थ, ड्यानसन सोलुसन, डिजिटल लर्निङ नेपाल, फ्रेस केटीएम एग्रो, कैंचो ग्रुप, मोनाल टेक, पिक एण्ड ड्रप, रेड टेल फक्स र रिंगेज टेक पर्न सफल भएका छन्।

उत्कृष्ट ५ को छनोटको लागि उनिहरुले सोही दिन प्रिजेन्टेसन एण्ड स्पिड डेटिङ सेसनमा पनि सहभागी हुनेछन्। यस बाहेक अन्य राम्रा इन्नोभेसनहरु भएमा पनि सहभागिता जनाउन सकिने आयोजकले जानकारी गराएको छ। 

स्टार्टअप तथा इन्नोभेसनले नेपाली स्टार्टअप डट कममार्फत दर्ता गर्न सक्नेछन्। अवलोकनकर्ताका लागि भने कुनै शुल्क नलाग्ने आयोजकले जनाएको छ। 

यस अवार्ड कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नाष्ट, एफएनसीसीआई लगायतको सहयोग रहेको बताइएको छ। यस कार्यक्रमलाई इन्फो डेभलपर्सले शीर्ष प्रायोजन गरेको छ भने जेनिसिस इन एसोसिएसन विथमा छ। अवार्डमा दराज, प्रेसिडेन्सियल बिजनेस स्कुल, ब्रोडवे इन्फोसिस, वेद, किङ्स कलेज, हाम्रो पात्रो लगायतको सहयोग तथा सहकार्य छ।