BIZMANDU
www.bizmandu.com

अपर लोहोरेखोला हाइड्रोपावरले २५ लाख कित्ता आइपीओ निष्कासन गर्ने, सेबोनसँग माग्यो अनुमति

२०७९ असोज २८

अपर लोहोरेखोला हाइड्रोपावरले २५ लाख कित्ता आइपीओ निष्कासन गर्ने, सेबोनसँग माग्यो अनुमति
अपर लोहोरेखोला हाइड्रोपावरले २५ लाख कित्ता आइपीओ निष्कासन गर्ने, सेबोनसँग माग्यो अनुमति

काठमाडौं। अपर लोहोरेखोला हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ। २४ लाख ९८ हजार कित्ता आइपीओ जारी गर्न कम्पनीले धितोपत्र बोर्डमा निवेदन दिएको छ।

Tata
Global Ime

कम्पनीले अंकित मूल्यमा २४ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको २४ लाख ९८ हजार ४० कित्ता प्राथमिक सेयर निष्कासन गर्ने योजनामा छ। कम्पनीले गत असोज १३ गते नै आइपीओ निष्कासनको अनुमति माग्दै निवेदन दिएको थियो।

आइपीओ निष्कासनको बिक्री प्रबन्ध मिलाउन कम्पनीले एनआइसी एसिया क्यापिटललाई नियुक्त गरेको छ। कम्पनीले दैलेख जिल्लास्थित माथिल्लो लोहोरे खोलामा जलविद्युत आयोजना निर्माण गर्दैछ। 

आयोजनाको जडित क्षमता ४ मेगावाटको हुनेछ। आयोजनाको अनुमानित लागत ८२ करोड रुपैयाँ छ। आयोजनाको करिब ९२ प्रतिशत भौतिक पूर्वाधार तयार भइसकेको छ। कम्पनीका अनुसार २०२३ को सुरुवातबाट आयोजनाले व्यवसायिकरूपमा विद्युत उत्पादन गरी बिक्री गर्नेछ।