काठमाडौं। फक्सवागनको एसयुभी टाइगुनले ग्लोबल युरो एनक्याप क्र्यास टेस्टहरूमा प्रभावशाली फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ।
ग्लोबल युरो एनक्यापले दुवै राइट ह्यान्ड र लेफ्ट ह्यान्ड ड्राइभ कन्फिगरेसनहरूको मूल्यांकन गरेको हो। त्यही अनुसार युरो एनक्यापले फक्सवागनको टाइगुनलाई फाइभ स्टार सेफ्टी रेटिङ दिएको जनाएको छ। यससँगै यो एसयुभी सुरक्षाको हिसाबले पनि राम्रो भएको जनाउँछ।
यो एसयूभीले एडल्ट र चाइल्ड सुरक्षामा फाइभ स्टार सेफ्टी रेटिङ पाएको एनक्यापले जनाएको छ। यो एसयुभी नेपालमा पनि बिक्री भइरहेको छ।
टाइगुनमा गरिएको परीक्षणमा सबै सुरक्षा सुविधाहरूले सुसज्जित छ। यसले उक्त टेष्टमा एडल्ट अकुपेन्ट सुरक्षा परीक्षणमा ३४ अंकमा २९.६४ अंक प्राप्त गरेको छ। यस्तै चाइल्ड सेफ्टीमा ४९ मा ४९ अंक प्राप्त गरेको छ।
जसमा सेन्ट्रल फ्रन्ट एयरब्याग, सिट बेल्ट प्रटेन्सनर्स, एन्कोरेज र अडास सुविधाहरू जस्तै इमरजेन्सी ब्रेकिङ, लेन किप असिस्टसहित ७ वटा एयरब्याग छन्। टाइगुनले चालक र यात्रु दुवैलाई राम्रो वा पर्याप्त सुरक्षा प्रदान गरेको छ। यसले साइड इफेक्ट टेस्टमा पनि अधिकतम अंक हासिल गरेको छ।
यस्तै एउटै प्लेटफर्ममा निर्माण भएको स्कोडाको कुशाक एसयुभीले पनि फाइभ स्टार सेफ्टी रेटिङ पाएको छ।