BIZMANDU
www.bizmandu.com

बीवाइडीको बहुप्रतिक्षित विद्युतीय कार एटो-३ नेपालमा सार्वजनिक, ८९.९ लाख रुपैयाँमा किन्न सकिने

२०७९ असोज ३०

बीवाइडीको बहुप्रतिक्षित विद्युतीय कार एटो-३ नेपालमा सार्वजनिक, ८९.९ लाख रुपैयाँमा किन्न सकिने
बीवाइडीको बहुप्रतिक्षित विद्युतीय कार एटो-३ नेपालमा सार्वजनिक, ८९.९ लाख रुपैयाँमा किन्न सकिने


काठमाडौं। बीवाइडीको विद्युतीय गाडी एटो-३ नेपालमा सार्वजनिक भएको छ। नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले इलेक्ट्रिक एसयुभी शनिवार साँझ एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरेको हो।

Tata
Global Ime

यो गाडीको मूल्य ८९ लाख ९० हजार रुपैयाँ तोकिएको छ। साथै बुकिङ पनि खुलेको कम्पनीले जनाएको छ। यसैगरी अहिले गाडी बुक गर्ने ग्राहकले चार्जर र भीटुएल केवल निःशुल्क पाउने छन्।

हाल यो गाडी ४ वटा रङमा उपलब्ध छ भने बुकिङ गरेको एक महिनाभित्र गाडी डेलिभरी गरिने कम्पनीले जनाएको छ।

चर्चित कलाकार हरिवंश आचार्य यो ब्रान्डको नेपालका लागि ब्रान्ड एम्बास्डर हुन। बीवाइडीको यो गाडी डेडिकेटेट इभी प्लेटफर्ममा तयार पारिएको छ।

साथै, अष्ट्रेलियन एनक्यापमा यसले ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ। यस्तै ग्लोबल एन्क्याप टेस्टमा पनि फाइभ स्टार रेटिङ प्राप्त गरेको छ।

बीवाइडीले प्रदान गर्ने रेन्जमा कुनै पनि फरक नपर्ने भएका कारण ग्राहकले यो गाडी लामो समयदेखि पर्खिरहेको कम्पनीको भनाइ छ।

कम्पनीको गाडीमा ब्लेड ब्याट्री प्रयोग गरिएको छ। विश्वको सबैभन्दा धेरै विद्युतीय गाडी उत्पादन गर्ने कम्पनी बीवाइडी आफैं ब्लेड ब्याट्री उत्पादक समेत हो। यसले टेस्लालाई पनि इभीमा प्रयोग गर्नका लागि यस्तो ब्याट्री आपूर्ति गरिरहेको छ।

अहिलेसम्म आएका अन्य ब्रान्डका विद्युतीय गाडीहरुमा भने लिथियम-आयन ब्याट्री प्रयोग भएको छ। यसमा ५० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान भएको जनाइएको छ, जसले २०० एचपी पावर र ३१० एनएम टर्क जेनेरेट गर्दछ।

बिक्रेता कम्पनी साइमेक्सले हाललाई नेपाली बजारमा ठूलो क्षमताको ६०.४ किलोवाट क्षमताको ब्याट्री प्याक भएको एटो-३ उपलब्ध हुने जनाएको छ।

 

यसमा रहेको ब्याट्रीले एक पटकको फुल चार्जमा ४२० किलोमिटर दुरीसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ।

यो गाडीमा फास्ट चार्जिङको सुविधा पनि उपलब्ध छ। यसलाई फाष्ट चार्जरबाट चार्ज गर्न ८० किलोवाटको फास्ट चार्जर आवश्यक पर्दछ, जसले ४५ मिनेटमै फुल चार्ज गर्ने दाबी गरिएको छ।

सात किलोवाटको सामान्य एसी चार्जरबाट भने फुल चार्ज हुन साढे ८ घन्टा लाग्ने  छ। एटो-३ मा १२.८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध छ, जसमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कम्प्याटिबल कनेक्ट गर्न सकिन्छ।

सुरक्षाका लागि पनि यस गाडीमा ७ एसआरएस एयरब्याग, इपीएससहितको एबीएस, हिल डिसेन्ट कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल सिस्टम र टायर प्रेसर मोनिटरिङ जस्ता फिचर उपलब्ध छन्।

यसमा अटोमेटिक इमरजेन्सी ब्रेकिङ सिस्टम पनि छ। यसैगरी यसमा प्यानोरामिक सनरुफ, रुफरेल, इलेक्ट्रिकल्ली हिटेड र एड्जस्टेबल साइड मिरर, १८ इन्चको अलोय ह्‍वील, इन्टिग्रेटेड डीआरएल सहितको एलईडी हेडलाइट, एलईडी टेललाइट र ५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले जस्ता फिचर पाउन सकिन्छ।

यो गाडीमा हुन्डाइको क्रेटामा भएका थुप्रै फिचर पाउन सकिन्छ। एटो-३ गाडी ४४५५ एमएम लम्बाई, १८७५ एमएम चौडाइ र १६१५ एमएम उचाइ छ।

यसमा ह्‍वीलबेस भने २७२० एमएमको छ। कम्पनीले यो गाडीमा १७५-१८५ एमएमको ग्राउन्ड क्लियरेन्स हुने जनाएको छ। ब्याट्रीसहित गाडीको कुल वजन १६९० किलोग्रामसम्म रहनेछ।

यस्तै यसको पछाडि बुट स्पेस अर्थात् डिकीमा १३३० लिटरसम्मको समान अटाउने क्षमताको छ। यस्तै, रियर सिट डाउन पनि गर्न मिल्छ। यसमा एडजष्टेबल सिटहरु छन्। टेलगेट वन टचमा खोल्न र बन्द गर्न सकिन्छ भने रियर क्रस ट्राफिक अलर्टहरुको सुविधा पनि छ।