BIZMANDU
www.bizmandu.com

एनसीसी बैंकको लाभांश बढ्यो, प्राथमिकतामा नगद लाभांश, बोनस सेयर ३.३७ प्रतिशत मात्र

२०७९ असोज ३०

एनसीसी बैंकको लाभांश बढ्यो, प्राथमिकतामा नगद लाभांश, बोनस सेयर ३.३७ प्रतिशत मात्र
एनसीसी बैंकको लाभांश बढ्यो, प्राथमिकतामा नगद लाभांश, बोनस सेयर ३.३७ प्रतिशत मात्र

काठमाडौं। नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले लाभांश घोषणा गरेको छ। बैंकको लाभांश अघिल्लो आर्थिक वर्षका तुलनामा बढेको छ। 

Tata
Global Ime

गत आवका लागि ३.३७ प्रतिशत बोनस सेयर र ७.६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। अघिल्लो वर्ष बैंकले ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद दिएको थियो।

बैंकले गत आवको वितरणयोग्य नाफाबाट कायम चुक्ता पुँजीको प्रस्तावित लाभांश दिने जनाएको छ। हाल बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड ९६ लाख रुपैयाँ छ। यसको ३.३७ प्रतिशत ३७ करोड ५० लाख रुपैयाँ हुन्छ। 

बोनस वितरण पछि बैंकको चुक्ता पुँजी ११ अर्ब ५१ करोड ४६ लाख रुपैयाँ पुग्नेछ। प्रस्तावित लाभांश राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनी पाउने बैंकले जनाएको हो।