BIZMANDU
www.bizmandu.com

सुन तोलामा एक हजारले सस्तियो, आइतबार प्रतितोला ९३ हजार १००, चाँदी २५ रुपैयाँ घट्यो 

२०७९ असोज ३०

सुन तोलामा एक हजारले सस्तियो, आइतबार प्रतितोला ९३ हजार १००, चाँदी २५ रुपैयाँ घट्यो 
सुन तोलामा एक हजारले सस्तियो, आइतबार प्रतितोला ९३ हजार १००, चाँदी २५ रुपैयाँ घट्यो 



काठमाडौं। साताको पहिलो दिन सुनको मूल्य घटेको छ। तोलामा एक हजार रुपैयाँ घटेको हो।

Tata
Global Ime

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ निर्धारण भएको छ।

गत शुक्रबार एक सय रुपैयाँ घट्दा प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। चालु महिनाको प्रारम्भमा सुन तोलाको ९१ हजार ८ सय रुपैयाँ थियो। असोजमा कारोबार मूल्य बढ्दा प्रतितोला अधिकतम ९६ हजार रुपैयाँसम्म पुगेको सुनको मूल्य घटेर चलिरहेको हो।   

चाँदी तोलामा २५ रुपैयाँ घटेको छ। आइतबार चाँदी प्रतितोला ११ सय ६० रुपैयाँ भएको छ।

कारोबार मूल्यमा १५ रुपैयाँ घट्दा गत शुक्रबार प्रतितोला ११ सय ८५ रुपैयाँ थियो। चाँदीको कारोबार मूल्य चालु महिनाको सुरुवातकै बराबरीमा आइपुगेको हो। तोलाको १२ सय ५५ सम्म पुगेको चाँदीको कारोबार मूल्य कमजोर हुँदै घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस १६४४.१६ डलर र चाँदी १८.२८ डलर छ।