BIZMANDU
www.bizmandu.com

अब नेपालमा तीनवटा विद्युतीय एसयुभी कारबीच दमदार प्रतिस्पर्धा हुने, यस्तो छ मूल्य, फिचर र क्षमता


अब नेपालमा तीनवटा विद्युतीय एसयुभी कारबीच दमदार प्रतिस्पर्धा हुने, यस्तो छ मूल्य, फिचर र क्षमता
अब नेपालमा तीनवटा विद्युतीय एसयुभी कारबीच दमदार प्रतिस्पर्धा हुने, यस्तो छ मूल्य, फिचर र क्षमता


काठमाडौं। तीन विद्युतीय एसयुभी बीवाइडीको एटो-३, हुन्डाईको कोना इभी र एमजीको जेडएस इभी लङ रेन्जबीच बजारमा रोमान्चक प्रतिस्पर्धा हुने भएको छ। गाडी बिक्रेताहरुले एकपछि अर्को एसयुभीमा विद्युतीय मोडल नेपाली बजारमा सार्वजनिक गर्दै आएका छन्।

Tata
Global Ime

यी तीनमध्ये नेपालमा सबैभन्दा सुरुमा सार्वजनिक गरिएको इभी हुन्डाईको कोना हो। यस्तै एटो-३ शनिबार मात्र नेपालमा सार्वजनिक भएको छ भने एमजीले आफ्नो लङ रेन्ज जेडएस इभीको बुकिङ खुला गरेको छ।

नेपाल उपलब्ध उक्त एसयुभीहरुको मूल्य कोना इभीको सबैभन्दा कम र सबैभन्दा धेरै एटो-३ को छ। कोना इभीको मूल्य भेरियन्टअनुसार ६९.९६ लाखदेखि ६१.९६ लाख रुपैयाँ छ। एटो-३ को मूल्य ८९.९ लाख रुपैयाँ र एमजीको लङ रेन्ज जेडएस इभीको ८१.९९ लाख रुपैयाँ तोकिएको छ।

एटो-३ यसको प्रतिद्वन्द्वीहरू मध्ये सबैभन्दा ठूलो हो। यसको लम्बाई ४४५५ एमएममा एटो-३ जेडएस इभीभन्दा १३२ एमएम लामो छ। यस्तै कोना इभीभन्दा २७५ एमएम लामो छ। यसको ह्वीलबेस पनि जेडएस इभी र कोना इभीभन्दा क्रमशः १३५ एमएम र १२० एमएम लामो छ।

बुट स्पेसको सन्दर्भमा कोना इभीमा सबैभन्दा ठूलो छ। त्यसपछि एटो-३ र जेडएस इभी रहेका छन्। यी सबै तीन एसयुभीहरूको ग्राउन्ड क्लियरेन्सको हिसाबले एकदमै मिल्दोजुल्दो छन्। केवल ७ एमएमबीच फरक रहेका छन्। एटो-३ मा सबैभन्दा धेरै ग्राउन्ड क्लियरेन्स छ भने जेडएस इभीमा सबैभन्दा कम छ।

यी तीन एसयुभीहरू अगाडि एक्सल-माउन्ट गरिएको स्थायी चुम्बक सिंक्रोनस मोटरद्वारा संचालित छन्। यी मध्य सबैभन्दा धेरै ठुलो ब्याट्री एमजीको जेड एसमा छ। एमजीको जेडएस इभीमा ७२ किलोवाट, एटो-३ मा ६४.४ किलोवाट र कोना इभीमा ३९ किलोवाट क्षमताको रहेका छन्। एमजीको जेडएस इभीमा एटो-३ इभीको भन्दा ८ किलोवाट ठुलो ब्याट्री छ।

एटो-३ ले जेडएस इभीभन्दा २८ एचपी बढी र कोना इभीभन्दा ६८ एचपीबढी हर्सपावर उत्पादन गर्छ। जेडएस इभीले आफ्ना प्रतिद्वन्द्वीहरूमध्ये सबैभन्दा बढी टर्क उत्पादन गर्छ।

एमजीको जेडएस इभी को सबैभन्दा ठूलो ब्याट्री प्याकले यसलाई ४४० किलोमिटरको उच्चतम रेन्ज दाबी गरिएको छ। जुन एटो-३ र कोना इभीको भन्दा बढी छ। कोना र एटो-३ को दाबी गरिएको ड्राइभिङ रेन्ज फिगरहरू एआरआइ- प्रमाणित छन्, तर जेडएस इभीसँग आइक्याट प्रमाणीकरण बाँकी छ।

चार्जिङको लागि जेडएस इभी र कोना इभी दुवै नियमित तीनवटा पिन भएको घरेलु सकेटमा प्लग गर्न सकिन्छ। यस्तै बीवाइडीले एटो-३ को लागि पनि यस्तै चार्जर प्लग-इन गर्न मिल्ने बताएको छ। यसमा एसी फास्ट चार्जर प्रयोग गरेर ब्याट्री चार्ज गर्दा एटो-३ र जेडएस इभी उस्तै चार्जिङ समय तोकिएको छ।

यी सबै एसयुभीमा भएको ब्याट्री चार्ज गर्न फास्ट चार्जरबाट १ घन्टा समय लाग्छ। तर एसी चार्जर अर्थात घरमा चार्ज गर्दा एटो-३ लाई १० घन्टा, कोना इभीलाई ९ घन्टा र जेडएस इभी ६ घन्टामा चार्ज गर्न सकिन्छ।

बीवाइडीको गाडीमा ब्लेड ब्याट्री प्रयोग गरिएको छ। विश्वको सबैभन्दा धेरै विद्युतीय गाडी उत्पादन गर्ने कम्पनी बीवाइडी आफैं ब्लेड ब्याट्री उत्पादक समेत हो। यसले टेस्लालाई पनि इभीमा प्रयोग गर्नका लागि यस्तो ब्याट्री आपूर्ति गरिरहेको छ। अहिलेसम्म आएका अन्य ब्रान्डका विद्युतीय गाडीहरुमा भने लिथियम-आयन ब्याट्री प्रयोग भएको छ।

मूल्यको हिसाबले अझै हुन्डाईको कोना इभी ग्राहकको लागि सस्तो पर्ने देखिएको छ। यस्तै सबैभन्दा महँगो एटो-३ छ। एमजीको जेडएस इभीको भने एटो-३ भन्दा ७ लाख कम र कोना इभी भन्दा २० लाख रुपैयाँ बढी हो। यस्तै एटो- ३ कोना इभीभन्दा लगभग २७ लाख रुपैयाँ बढी हो।