BIZMANDU
www.bizmandu.com

बैंक अफ काठमाण्डूको लाभांश ह्‍वात्तै बढ्यो, कुल २०.९५% लाभांशमध्ये १४.९५% नगद दिने घोषणा

२०७९ असोज ३०

बैंक अफ काठमाण्डूको लाभांश ह्‍वात्तै बढ्यो, कुल २०.९५% लाभांशमध्ये १४.९५% नगद दिने घोषणा
बैंक अफ काठमाण्डूको लाभांश ह्‍वात्तै बढ्यो, कुल २०.९५% लाभांशमध्ये १४.९५% नगद दिने घोषणा

काठमाडौं। बैंक अफ काठमाण्डूको लाभांश ह्वात्तै बढेको छ। पोहोर १४ प्रतिशत लाभांश बाँडेको बैंकले गत आर्थिक वर्षका नाफाबाट २०.९५ प्रतिशत बाँड्ने घोषणा गरेको छ।

Tata
Global Ime

कुल लाभांशमध्ये बैंकले १४.९५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। बाँकी बोनस सेयर हो।

बैंकले गत आवको नाफाबाट कायम चुक्ता पुँजीमा यो प्रस्ताव गरेको हो। हाल बैंकको चुक्ता पुँजी १० अर्ब ६२ करोड ३९ रुपैयाँ छ। यसको ६ प्रतिशत अर्थात् ६३ करोड ७४ लाख रुपैयाँ बैंकले बोनस सेयर दिँदै छ।

बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ११ अर्ब २६ करोड १३ लाख रुपैयाँ पुग्नेछ। प्रस्तावित लाभांश राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।