BIZMANDU
www.bizmandu.com

तिहारले ढपक्कै ढाक्यो, मखमली फूलका लागि चिनिएको गुण्डुका किसानलाई फूल टिप्न भ्याईनभ्याई

२०७९ असोज ३१

तिहारले ढपक्कै ढाक्यो,  मखमली फूलका लागि चिनिएको गुण्डुका किसानलाई फूल टिप्न भ्याईनभ्याई
तिहारले ढपक्कै ढाक्यो, मखमली फूलका लागि चिनिएको गुण्डुका किसानलाई फूल टिप्न भ्याईनभ्याई


भक्तपुर। भक्तपुर सूर्यविनायकभन्दा दक्षिणको स्थान गुन्डुमा तिहारको चहलपहल बढिसकेको छ। मखमली फूलका लागि उपत्यकामै चिनिएको ठाउँ हो यो। यहाँ मखमली फूल ढकमक्क फूलेपछि तिहार नजिकिएको संकेत मिल्छ।

Tata
Global Ime

अझ फूल टिप्न थालेपछिको माहोल झनै बेग्लै। तिहार नजिकिएकाले फूल टिप्न यहाँका किसानलाई भ्याइनभ्याई छ। टिप्नेले माला बनाउनेसम्म फूल पुर्‍याउने  काम गर्छन् भने  फूल जम्मा पारिसकेपछि माला गाँस्ने गरिन्छ।

तिहार नजिकिएसँगै फूलको माग उच्च हुन्छ। अझ नओइलाउने मखमली फूलको महत्व धार्मिक रुपमा पनि उत्तिकै छ। अहिले गुन्डुका घरहरुमा तिहारको लागि मखमली फूल उनिरहेको दृश्य देन्छ सकिन्छ।

फूल फूलाएपछि बजारको कठिनाइ छैन। गाडी लिएरै गुन्डु पुग्छन् व्यापारीहरु। तिहारको बेला फूलको माग बढी हुने हुने भएकाले परिवारका सबैजना यही पेशामा जोडिन्छन्। त्यतिले नभ्याएदेखि खेताला नै चाहिन्छ फूल टिप्न र माला गाँस्न।