BIZMANDU
www.bizmandu.com

१ अर्बको म्युचुअल फन्ड स्कीम सेबोनको पाइपलाइनमा, प्रति इकाइ १० रुपैयाँमा बिक्री गर्ने

२०७९ असोज ३१

१ अर्बको म्युचुअल फन्ड स्कीम सेबोनको पाइपलाइनमा, प्रति इकाइ १० रुपैयाँमा बिक्री गर्ने
१ अर्बको म्युचुअल फन्ड स्कीम सेबोनको पाइपलाइनमा, प्रति इकाइ १० रुपैयाँमा बिक्री गर्ने

काठमाडौं। नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा एक सामूहिक लगानी कोष (म्युचुअल फन्ड) थपिएको छ।

Tata
Global Ime

कुमारी सामुदायिक लगानी कोष अन्तर्गत संचालित 'कुमारी सबल योजना' को १ अर्ब बराबरको १० करोड इकाइ स्कीममा बोर्डको पाइपलाइनमा थपिएको हो।

यस कोषको योजना व्यवस्थापक रहेको कुमारी क्यापिटल लिमिटेडले म्युचुअल फन्ड जारीका लागि भदौ २९ गते नै बोर्डमा आवेदन दिएको थियो। यो बन्दमुखी योजना हो।

बोर्डबाट अन्तिम स्वीकृति पाएपछि कम्पनीले उक्त स्कीम अंकित मूल्य प्रति इकाइ १० रुपैयाँमा बिक्री गर्नेछ।

इकाइ बिक्रीपछि उठेको पैसा कम्पनीले विभिन्न कम्पनीमा लगानी गर्ने योजना बनाएको छ।