BIZMANDU
www.bizmandu.com

ग्यापुले सार्वजनिक गर्‍यो तिहार लक्षित विशेष योजना, सामान खरिदमा २० प्रतिशतसम्म छुट

२०७९ असोज ३१

ग्यापुले सार्वजनिक गर्‍यो तिहार लक्षित विशेष योजना, सामान खरिदमा २० प्रतिशतसम्म छुट
ग्यापुले सार्वजनिक गर्‍यो तिहार लक्षित विशेष योजना, सामान खरिदमा २० प्रतिशतसम्म छुट


काठमाडौं। अनलाइन सपिङ प्लाटफर्म ग्यापुले तिहार लक्षित विशेष योजना सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत ग्यापुको उपभोक्ताले अधिकतम २० प्रतिशत सम्म छुट पाउन सक्ने जनाइएको छ।

Tata
Global Ime

आजदेखि कात्तिक ४ गतेसम्मका लागि लागू योजना अन्तर्गत ग्राहकले माक्कुसेको कुकिज एवं मिठाइहरूको खरिदमा २० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ।

यसैगरी मेन्स अफिसर ब्राण्डको ब्याग खरिदमा २० प्रतिशत, भाइटिका मसलामा १० प्रतिशत, मिठाइमा १० प्रतिशत र विभिन्न ब्रान्डका स्किन केयर सामग्रीमा २० प्रतिशत छुट रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ग्राहकले ब्रेड ट्रिमर लगायतका सामाग्री खरिदमा २० प्रतिशत, फलफुलमा २० प्रतिशत र  कुर्तामा समेत २० प्रतिशतसम्म छुट पाउन सक्नेछन्।

ग्राहकले सामान खरिदका लागि हिमालय बैंक, एनआइसी एसिया बैंक, मेघा बैंक, एनएमबि बैंक, इसेवा, फोनपे, खल्ती लगायतबाट रकम भुक्तानी गर्दा विशेष क्यासब्याकको समेत पाउन सक्ने  जारी बिज्ञप्तीमा उल्लेख छ।