BIZMANDU
www.bizmandu.com

सानिमा र जनरल इन्स्योरेन्सले एकीकृत कारोबार सुरु गर्दै, अबको नयाँ नाम सानिमा जीआईसी

२०७९ कात्तिक १

सानिमा र जनरल इन्स्योरेन्सले एकीकृत कारोबार सुरु गर्दै, अबको नयाँ नाम सानिमा जीआईसी
सानिमा र जनरल इन्स्योरेन्सले एकीकृत कारोबार सुरु गर्दै, अबको नयाँ नाम सानिमा जीआईसी


काठमाडौं। मर्जर भएका सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सको एकीकृत कारोबार आगामी सातादेखि सुरु हुने भएको छ।

Tata
Global Ime

मर्जरपछि सानिमा जीआइसी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट निर्जीवन बीमा सेवा सञ्चालन हुने भएको हो।

कम्पनीका अनुसार आगामी सोमबार (कात्तिक ७ गते)देखि एकीकृत कारोबार सुरु हुनेछ। कम्पनी बराबरी हैसियतमा गाभिएका हुन्।

गत असोज ११ गते सम्पन्न विशेष साधारणसभाबाट दुवै कम्पनीले मर्जरको विशेष प्रस्ताव पारित गरेका थिए। नियामक बीमा समितिले मर्जरका लागि असोज १४ गते अन्तिम स्वीकृति दिएको थियो। 

यस्तै, कम्पनी रजिष्ट्रारको कार्यालयले असोज २७ गते स्वीकृति प्रदान गरेको थियो।

मर्जरपछि संस्थाको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुगेको छ। जगेडा कोषमा ३६ करोड ९३ लाख रुपैयाँ र बीमा कोषमा ४१ करोड रुपैयाँ सञ्चित छ।