काठमाडौं। चिनियाँ मोटर निर्माता कम्पनीहरुबीच इलेक्ट्रिक मोडल उत्पादनको प्रतिष्पर्धा छ। यही दौडमा ग्रेटवाल मोटर्सको विद्युतीय गाडी 'नेक्स्ट क्याट' चर्चामा छ।
यो गाडीलाई उक्त कम्पनीले टेस्ला मोडेल-३, हुन्डाई आयोनिक-६ र पोलेस्टार-२ सँग बजार प्रतिष्पर्धआ गर्न डिजाइन गरिएको जनाएको छ। यो एक लक्जरियस इलेक्ट्रिक सेडान हो।
नेक्स्ट क्याटले अटोमोबाइल बजारमा टेस्ला र हुन्डाईका प्रतिष्पर्धीहरू जसरी नै कर्भ रुपटप र परम्परागत सेडान बुट लिड अपनाएको छ। यसमा गोलाकार हेडलाइटहरू र सी-आकारको रियर पिलर ग्राफिक डिजाइन गरिएको छ। यसलाई पेरिस मोटर शोमा यसै हप्ता सार्वजनिक गरिएको थियो।
यसमा १९ इन्चको टायरहरू छन्। यस्तै उक्त टायरहरुमा डोर फ्रेमरहितको डिजाइन देख्न सकिन्छ।
इन्टेरियर डिजाइनमा यो गाडीमा १०.२५ इन्च सेमी-डिजिटल उपकरण क्लस्टर र १२.३ इन्च इन्फोटेनमेन्ट टचस्क्रिन उपलब्ध छ। साउन्ड कन्ट्रोलर र स्मार्टफोन कनेक्टर पनि यसमा उपलब्ध रहेका छन्। साथै यसमा 'सुपर स्पोर्ट' बटनको साथ तीन-स्पोक स्टेयरिङ ह्वील समावेश छ।
अन्य फिचरहरुमा ११ वटा स्पीकरहरु रहेका छन्। कीलेस इन्ट्री र स्टार्ट तथा रिमोट कन्ट्रोलको सुविधा पनि यसमा उपलब्ध छ। ह्यान्ड्स-फ्री पावर टेलगेट, डुअल-जोन अटो क्लाइमेट कन्ट्रोल, स्वचालित हेडलाइटहरू, ३६०-डिग्री क्यामेरा, एसी र भेन्टिलेटेड अगाडि सिटहरू समावेश छन्। यसैगरी एक मनोरम सनरुफ पनि यसमा उपलब्ध छ।
यो सेडान कारमा दुईवटा विद्युतीय मोटर र ८३.५ किलोवाट क्षमताको निकेल-कोबाल्ट-म्यांगनीज ब्याट्री प्याक छ। जसले ३०० किलोवाट क्षमतामा ६८० एनएम टर्क उत्पादन गर्न सक्छ।
यसैगरी यस गाडीमा भएको उक्त ब्याट्री प्याकले एक पटकको फुल चार्जमा ४३० किलोमिटर दुरी पार गर्न सकिने कम्पनीले जनाएको छ। यसलाई चार्ज गर्न फाष्ट चार्जरबाट ५५ मिनेटमा शून्यदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।
यसको अर्को मोडल 'ओरा गुड क्याट' ग्रेटवाट मोटर नेपालले एउटा युनिट शोरुममा ल्याएर राखेको छ। तर उत्पादक कम्पनीले घरेलु बजारमा माग पुर्याउन नसक्दा नेपाल उक्त गाडी ल्याउन समय लागिरहेको नेपाली बिक्रेताको भनाइ छ।