BIZMANDU
www.bizmandu.com

महालक्ष्मी विकास बैंकले एक अर्बको ऋणपत्र निष्कासन गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन

२०७९ कात्तिक १

महालक्ष्मी विकास बैंकले एक अर्बको ऋणपत्र निष्कासन गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन
महालक्ष्मी विकास बैंकले एक अर्बको ऋणपत्र निष्कासन गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन

Tata
Global Ime

काठमाडौं। महालक्ष्मी विकास बैंकले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको हो।

बैंकले प्रति कित्ता एक हजार रुपैयाँका दरले कुल दश लाख कित्ता ऋणपत्र जारी गर्ने योजनामा छ। जसमध्ये ६ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट बिक्रि गर्नेछ। बाँकी चार लाख कित्ता ऋणपत्रका लागि सर्वसाधरणले आवेदन दिन सकिनेछ।

ऋणपत्रको अवधि १० वर्षको हुनेछ। ऋणपत्र बापत वार्षिक ११ प्रतिशत ब्याज भुक्तानी गर्ने बैंकले जनाएको छ। ऋणपत्रको बिक्री प्रबन्ध मिलाउन बैंकले एनआईसी एशिया क्यापिटललाई जिम्मा दिएको छ।

बैंकले असोज २७ गते ऋणपत्र निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको थियो।