BIZMANDU
www.bizmandu.com

आरविवि मर्चेन्ट बैंकिङको साधारणसभा, सेयरधनीका लागि ७.५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित

२०७९ कात्तिक १

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा संचालित सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङले आर्थिक वर्ष २०७८/७९मा ७.५ प्रतिशत नगद लाभांश दिने भएको छ।

Tata
Global Ime

कम्पनीको सातौं वार्षिक साधारणसभाले यस्तो प्रस्ताव पारित गरेको हो।

साधारण सभामा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हाल सहरी क्षेत्रमा मात्र सीमित रहेको मर्चेन्ट बैकिङ सेवालाई ग्रामीण क्षेत्रमा समेत विस्तार गर्ने दीर्घकालीन सोच अनुरुप रणनीति तयार गरी आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने बताए।

यसबाट दूरदराजमा रहेका जनताहरुले पनि मर्चेन्ट बैकिङ सेवा लिन सकिने वातावरण बन्ने उनको धारणा छ।

मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हाल २० करोड चुक्ता पुँजी रहेको मर्चेन्ट बैंकिङले इस्यु म्यानेजमेन्ट, आरटीएस, पोर्टफोलियो म्यानेजमेन्ट, अन्डरराइटिङ, डिपोजिटरी पार्टिसिपेन्ट लगायतको सेवा दिइरहेको जानकारी दिए।