BIZMANDU
www.bizmandu.com

सार्वजनिक बिदा परेपछि इष्टर्न हाइड्रोपावरको आइपीओ भर्ने मिति १ दिन थपियो, भोलिसम्म भर्न मिल्ने

२०७९ कात्तिक १

सार्वजनिक बिदा परेपछि इष्टर्न हाइड्रोपावरको आइपीओ भर्ने मिति १ दिन थपियो, भोलिसम्म भर्न मिल्ने
सार्वजनिक बिदा परेपछि इष्टर्न हाइड्रोपावरको आइपीओ भर्ने मिति १ दिन थपियो, भोलिसम्म भर्न मिल्ने


काठमाडौं। इष्टर्न हाइड्रोपावरले सर्वसाधारणमा जारी गरेको आइपीओमा भोलि बुधबारसम्म आवेदन दिन मिल्ने भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलले मंगलबार एक सूचना जारी गर्दै आइपीओमा आवेदन दिनका लागि एक दिन समय थप गरिएको जनाएको हो।

Tata
Global Ime

मंगलबार सार्वजनिक बिदा परेकाले आवेदनका लागि थप एक दिन समय थपिएको बताइएको छ।

'असोज २८ गतेबाट कात्तिक १ गतेसम्मका लागि इष्टर्न हाइड्रोपावरको आइपीओ निष्कासन तथा बिक्री गरिएकोमा सरकारको निर्णय अनुसार कात्तिक १ गते सार्वजनिक बिदा दिइएकाले एक दिन समय थप गरिएको हो,' क्यापिटलले जारी गरेको सूचनामा उल्लेख छ।

इष्टर्न हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका निमित्त ६ लाख ७० हजार कित्ता आइपीओ जारी गरेको छ। जसमा ५ प्रतिशत अर्थात् ३३ हजार ५ सय १५ कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत हुने १३ लाख ४ सय ६ कित्ता कर्मचारीका लागि छुट्याइएको छ। त्यसपछि हुन आउने ६ लाख २३ हजार ३८९ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

आइपीओ मेरो सेयरका साथै नेपाल धितोपत्रबोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय र संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिन्छ। आवेदन न्युनतम १० र अधिकतम १ लाख कित्तासम्मका लागि दिन सकिन्छ।

सीडीएससीले उपल्ब्ध गराएको पछिल्लो जानकारी अनुसार कम्पनीको आइपीओमा हालसम्म १० लाख २८ हजार बढी आवेदकबाट १ करोड १६ लाख ६८ हजार ८९० कित्ताका लागि आवेदन परेको छ।