BIZMANDU
www.bizmandu.com

३४ ब्रोकर कम्पनीले आफ्नै टीएमएस बनाउने भन्दै दिए आवेदन, १६ ले नेप्सेकै चलाउने

२०७९ कात्तिक २

३४ ब्रोकर कम्पनीले आफ्नै टीएमएस बनाउने भन्दै दिए आवेदन, १६ ले नेप्सेकै चलाउने
३४ ब्रोकर कम्पनीले आफ्नै टीएमएस बनाउने भन्दै दिए आवेदन, १६ ले नेप्सेकै चलाउने


काठमाडौं। नेप्सेको ट्रेड म्यानेजमेन्ट सिस्टम' (टीएमएस) त्याग्दै आफ्नै टीएमएस सञ्चालन गर्ने योजनामा रहेका ३४ ब्रोकर कम्पनीले सञ्चालन अनुमतिका लागि नेप्सेमा आवेदन दिएका छन्।

Tata
Global Ime

नेप्सेका अनुसार आवेदन दिने कम्पनीहरुमध्ये ३३ वटाले स्थानीय प्रतिनिधि डीजी हब प्रालिले चयन गरेको कम्पनीबाट टीएमएस बनाउने लगाएर सञ्चालनमा ल्याउने भएका हुन्।

नासा सेक्युरिटिजले भने स्थानीय प्रतिनिधि एस्टेरिस्क टेक्नोलोजी प्रालिको सहयोगमा नयाँ टीएमएस निर्माण गर्ने भएको छ।

नेप्सेको तथ्यांक अनुसार ३३ ब्रोकर कम्पनीहरुका लागि डीजी हबले श्रीलंकाको टीएमएस निर्माता कम्पनी चयन गरेको छ भने नासाका लागि स्थानीय प्रतिनिधि एस्टेरिक्स टेक्नोलोजीले भारतीय टीएमएस निर्माता कम्पनी चयन गरेको छ।

हाल ब्रोकर कम्पनीहरुले भेन्डर कम्पनीको वाइकोले निर्माण गरेको नेप्सेको टीएमएस सञ्चालन गर्दै आएका छन्।

ब्रोकरहरुले यसरी आफै‌ंंले निर्माण गरेर संचालनमा ल्याउने कारोबार प्रणाली सुरक्षित र स्तरीय हुनुपर्ने सर्त छ। यसका अलावा यस्तो प्रणाली कम्तिमा कुनै एउटा स्टक एक्सचेन्जमा आबद्धका साथै कम्तिमा १० वटा कारोबार सदस्य वा स्टक ब्रोकरले प्रयोग गरेको हुनुपर्ने तोकिएको छ।