BIZMANDU
www.bizmandu.com

रोल्स रोयसको पहिलो लक्जरियस इभी ‘स्पेक्टर’, ५२० किमि रेन्जसहित अर्को वर्ष सार्वजनिक हुने

२०७९ कात्तिक २

रोल्स रोयसको पहिलो लक्जरियस इभी ‘स्पेक्टर’, ५२० किमि रेन्जसहित अर्को वर्ष सार्वजनिक हुने
रोल्स रोयसको पहिलो लक्जरियस इभी ‘स्पेक्टर’, ५२० किमि रेन्जसहित अर्को वर्ष सार्वजनिक हुने


काठमाडौं। रोल्स रोयसको पहिलो लक्जेरियस इभी स्पेक्टर ५२० किलोमिटर रेन्जसहित अर्को वर्ष सार्वजनिक हुने भएको छ। कम्पनीका अनुसार रोल्स रोयसले आधिकारिक रूपमा इलेक्ट्रिक कार स्पेक्टरको उत्पादन सुरु गरेको छ।

Tata
Global Ime

मंगलबार लक्जरी ब्रिटिस कार निर्माताले आफ्नो पहिलो ग्राउन्ड-अप इभी स्पेक्टर कूपको अवधारणा सार्वजनिक गरेको हो। हाल ब्रान्डले गाडीको स्पेसिफिकेसनलाई अन्तिम रूप दिइरहेको छ। यसमा रहेको ब्याट्री प्याकले एक पटकको फुल चार्जमा ५२० किलोमिटर दूरी पार गर्न सकिन्छ।

कम्पनीका अनुसार स्पेक्टरको गुणस्तर सुनिश्चित गर्नु पनि महत्त्वपूर्ण छ किनभने रोल्स-रोयसले २०३० सम्ममा सबै विद्युतीय जाने योजना घोषणा गरेको छ।

यस्तै डिजाइनमा र इन्फोटेनमेन्ट डिस्प्लेका साथै यात्रुका लागि डिजिटल फेसिया समावेश छ। यो कम्पनीको अवस्थित डिजाइनहरूको पुन: निर्माण गरिएको संस्करण मात्र होइन। स्पेक्टरले इभीको लागि ट्युन गरिएको नयाँ एल्युमिनियम प्लेटफर्म आर्किटेक्चर अफ लक्जरी प्रयोग गर्ने जनाएको छ।

यो १६ फिट लामो र ६.६ फिट चौडाइमा कुपको लागि धेरै ठुलो छ। यसमा कम्पनीले २३-इन्चको टायर हालेको छ। यो गल्फ क्लबको यात्राको लागि भनेर डिजाइन गरिएको गाडी हो।

स्पेक्टरको बुकिङ खोलिएको छ। तर पहिलो डेलिभरी २०२३ को चौथो त्रैमासिकमा हुनेछ। यसको सुरुवाती मूल्य अमेरिकामा ४ लाख १३ हजार ५०० डलर निर्धारण गरिएको छ।