काठमाडौं। सुनको मूल्य बुधबार तोलामा २ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबार मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ निर्धारण भएको छ।
मंगलबार तोलामा एक सय रुपैयाँले बढ्दै प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदी तोलामा ५ रुपैयाँले घटेको छ। बुधबार चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँ निर्धारण भएको छ।
मंगलबार चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला ११ सय ८० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस १६४६.६० डलरमा करोबार भएको छ। चाँदी प्रतिऔंस १८.६६ डलर छ।