BIZMANDU
www.bizmandu.com

७७ जिल्लाका सबै सदरमुकाममा पुग्यो राष्ट्रिय वाणिज्य बैंक, सर्लाहीको मलंगवामा २६४औं शाखा

२०७९ कात्तिक २

७७ जिल्लाका सबै सदरमुकाममा पुग्यो राष्ट्रिय वाणिज्य बैंक, सर्लाहीको मलंगवामा २६४औं शाखा
७७ जिल्लाका सबै सदरमुकाममा पुग्यो राष्ट्रिय वाणिज्य बैंक, सर्लाहीको मलंगवामा २६४औं शाखा


काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक सातै प्रदेशको ७७ वटै जिल्ला सदरमुकाममा पुगेको छ।

Tata
Global Ime

सर्लाहीको मलंगवा नगरपालिका ९ मा नयाँ शाखा खोलेपछि सबै सदरमूकाममा राष्ट्रिय बाणिज्य बैंक पुगेको हो। 

सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक बर्ष  ५ अर्ब २१ करोड खुद मुनाफा आर्जन गरेको थियो।

बैंकको ग्राहक निक्षेप २ खर्ब ५९ अर्ब र  खुद कर्जा तथा सापट २ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ। बैंकको शेयरधनी कोषमा ३३ अर्ब ४८ करोड र कुल सम्पत्ति ३ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ।

बैंकको देशभर २६४ वटा शाखा कार्यालय, २६८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ।