BIZMANDU
www.bizmandu.com

अर्थमन्त्री र गभर्नरसँग ‘गम्भीर छलफल’ मा बस्दै निजी क्षेत्र, बढेको ब्याज दर बारे चर्चा हुने

२०७९ कात्तिक ३

अर्थमन्त्री र गभर्नरसँग ‘गम्भीर छलफल’ मा बस्दै निजी क्षेत्र, बढेको ब्याज दर बारे चर्चा हुने
अर्थमन्त्री र गभर्नरसँग ‘गम्भीर छलफल’ मा बस्दै निजी क्षेत्र, बढेको ब्याज दर बारे चर्चा हुने


काठमाडौं। ब्याजदर नियन्त्रण र चालु पुँजी कर्जा सम्बन्धि व्यवस्था परिमार्जन गर्न निजी क्षेत्रले अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गर्ने भएको छ। बिहीबार २ बजे अर्थमन्त्रालयमा छलफल हुने छ।

Tata
Global Ime

अर्थमन्त्रीले  सबै पक्षलाई डाकिसकेका छन्। गभर्नर अधिकारी बुधबार राति अमेरिकाबाट काठमाडौं झरेका छन्। उनी उपस्थित हुने/नहुने निश्चित भने छैन।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले चालु पुँजी कर्जा परिमार्जन सहित स्थगतनको माग राखिने बताए। 

बाह्य क्षेत्रसँगै अर्थतन्त्र आन्तरिक समस्यामा पनि जुद्धै गर्दा राष्ट्र बैंकले लिएको चालु पुँजी कर्जाले ठूला उद्योगी मात्र नभएर मझौला उद्मीसमेत प्रभावित भएको उनले बताए।  

राष्ट्र बैंकले चालु पुँजी कर्जाको सिमा २० प्रतिशतमा झारेपछि व्यवसायीले ठूलो बिमति जनाएका छन्। व्यवसायीले चालु खर्च नै चलाउन नसक्ने वातावरण निर्माण भएको बताउँदै अध्यक्ष गोल्छाले यसको प्रत्यक्ष असर सरकारको राजश्व संकलनमा पनि देखिने उल्लेख गरे।

हालको राजश्वभन्दा १५ प्रतिशत बढि चालु खर्च कसरी संचालन हुन्छ भन्नेे हरेक पक्षको जिज्ञासा बनेको अध्यक्ष गोल्छाले बताए।