काठमाडौं। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आरएसडिसी लघुवित्तको नाफामा उल्लेख्य वृद्धि देखिएको छ। यो अवधिमा कम्पनीले ३ करोड ८२ लाख रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको छ। गत आवको सोही अवधिको तुलनामा यो १०१.९८ प्रतिशत बढी हो।
कम्पनीले गत आवको सोही अवधिमा १ करोड ८९ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको थियो। खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै कम्पनीको नाफामा वृद्धि देखिएको हो।
कम्पनीले गत आवको असोज मसान्तको तुलनामा चालू आवमा खुद ब्याज आम्दानी ११९.३२ प्रतिशतले बढाएको छ। कम्पनीले संचालन मुनाफा ११२.८८ प्रतिशतले बढाएको छ।
यस्तै, उक्त अवधिमा कम्पनीले २१.५४ प्रतिशत सञ्चित मुनाफा बढाउँदै ११ करोड ९५ लाख रुपैयाँ पुर्याएको छ। कम्पनीको जगेडा कोषमा ९ करोड ७४ लाख रुपैयाँ छ। गत आवको सोही अवधिको तुलनामा यो ४१.३१ प्रतिशतले बढी हो।