BIZMANDU
www.bizmandu.com

फेवाताल बन्दै क्यासलेस, डुंगा चढ्न फोनपेको क्यूआरबाट टिकट काट्नेको संख्या बढ्दो

२०७९ कात्तिक ३

फेवाताल बन्दै क्यासलेस, डुंगा चढ्न फोनपेको क्यूआरबाट टिकट काट्नेको संख्या बढ्दो
फेवाताल बन्दै क्यासलेस, डुंगा चढ्न फोनपेको क्यूआरबाट टिकट काट्नेको संख्या बढ्दो



काठमाडौं। पर्यटकीय नगरी पोखराको फेवातालमा डुंगा चढ्दा फोनपे क्यूआरबाट भुक्तानी गर्नेको संख्या बढ्न थालेको छ। यसअघि नगद कारोबार चलिरहेको फेवाताल डुंगा व्यवसायमा फोनपे क्यूआर सञ्चालनमा आएसँगै पर्यटकहरुमा फोनपेप्रति आकर्षण बढेको कम्पनीले जनाएको छ।

Tata
Global Ime

फेवाताल डुंगा व्यवसायी संघसँगको सहकार्यमा फोनपेले केही दिनअघि क्यूआरबाट भुक्तानी गर्न सकिने सेवा सुरु गरेको थियो। बाराहीघाटमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल र फोनपेका सीइओ दिवस सापकोटाको उपस्थितिमा क्यूआर भुक्तानी सेवा सुरु गरिएको थियो। 

सोही कार्यक्रममा मनोरञ्जन प्रदान गर्न बोटिङ प्रतिस्पर्धा आयोजना गरिएको थियो। फोनपेका ब्राण्ड एम्बेस्डर सन्दीप क्षेत्रीले मनोरञ्जन प्रदान गरेका थिए।  

फोनपेले यतिबेला चाडवाड लक्षित विभिन्न अफरहरु समेत सञ्चालन गरिरहेको छ। फोनपे क्यूआरमार्फत भुक्तानी लिने मर्चेन्टले पनि हरेक दिन सामसङको आकर्षक मोबाइल फोन जित्न सक्ने कम्पनीले जनाएको छ। मर्चेन्टहरुका लागि यो योजना कात्तिक १२ गतेसम्म सञ्चालन हुनेछ।