BIZMANDU
www.bizmandu.com

नेपाली बजारमा बजाजको पल्सरमा पावरफुल इन्जिनयुक्त मोडल ‘एन २५०’ सार्वजनिक, यस्तो छ फिचर

२०७९ कात्तिक ४

नेपाली बजारमा बजाजको पल्सरमा पावरफुल इन्जिनयुक्त मोडल ‘एन २५०’ सार्वजनिक, यस्तो छ फिचर
नेपाली बजारमा बजाजको पल्सरमा पावरफुल इन्जिनयुक्त मोडल ‘एन २५०’ सार्वजनिक, यस्तो छ फिचर


काठमाडौं। बजाजको सबैभन्दा फावरफुल इन्जिनयुक्त मोडल 'पल्सर एन २५०' नेपाली बजारमा सार्वजनिक भएको छ।

Tata
Global Ime

उक्त मोटरसाइकल बजाज ब्रान्डको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बिहीबार सार्वजनिक गरेको हो। यसलाई कम्पनीले पल्सर सिरिजमा सबैभन्दा शक्तिशाली इन्जिन जडित मोटरसाइकल भएको दाबी गरेको छ।

यो बाइकको मूल्य नेपाली बजारमा ४ लाख ८९ हजार ९०० रुपैयाँ तोकिएको छ। यसैगरी पल्सर एन १६० मोडल पनि सार्वजनिक गरिएको छ। जसको मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ तोकिएको छ। यो कम्पनीले राखेको सुरुवाती मूल्य हो। फिचर अनुसार यसको मूल्य फरक कायम हुने कम्पनीले जनाएको छ।

यो दुवै काइक युरो-६ मापदण्डमा आधारित निर्माण गरिएको छ। साथै यसमा एबीएस डुअल च्यानलको व्यवस्था गरिएको छ।

यो एन-२५० बाइकमा २४९ सीसी सिंगल सिलिन्डर, ४ स्ट्रोक इन्जिन, एसओएचसी, २ भल्भ, आयल कुल्ड, एफआई इन्जिन छ। उक्त इन्जिनले अधिकतम २४.५ पीएस पावर र २१.५ एनएम टर्क उत्पादन गर्दछ। यसमा ५ स्पिड गियर छ।

मोटरसाइकलमा दिइएको मस्कुलर सेमी डिजिटल कन्सोलमा डिजिटल ट्रिप मिटर, स्पीडोमिटर, गियर इन्डिकेटर, फ्युल वार्निङ इन्डिकेटर, फ्युल गज, क्लक, ट्रिप मिटर काउन्ट जस्ता फिचर सामेल गरिएका छन्।

यसको ग्राउन्ड क्लियरेन्स १६५ एमएम छ भने ह्वीलवेस १३५१ एमएम र सिट हाइट ७९५ एमएम छ।