BIZMANDU
www.bizmandu.com

बाराही हाइड्रोपावरको आइपीओ खुल्यो, अधिकतम १० हजार कित्ता सम्मका लागि आवेदन दिन मिल्ने

२०७९ कात्तिक ४

बाराही हाइड्रोपावरको आइपीओ खुल्यो, अधिकतम १० हजार कित्ता सम्मका लागि आवेदन दिन मिल्ने
बाराही हाइड्रोपावरको आइपीओ खुल्यो, अधिकतम १० हजार कित्ता सम्मका लागि आवेदन दिन मिल्ने


काठमाडौं। बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले पहिलो चरणमा प्राथामिक निष्कासन जारी गरेको छ।

Tata
Global Ime

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र बागलुङको जैमिनी-१,४ र ५ तथा जैमिनी नगरका अन्य वडाका बासिन्दाका लागि आइपीओ जारी गरेको हो।

कम्पनीले स्थानीयका लागि पहिलो चरणमा प्रति कित्ता १०० रुपैयाँका दरले २ लाख ५० हजार कित्ता साधारण सेयर जारी गरेको छ। सो आइपीओ खरिदका लागि न्युनतम १० किता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन मिल्ने छ।

आजबाट बिक्री खुलेको कम्पनीको आइपीओमा छिटोमा कात्तिक १८ गते सम्मका लागि आवेदन दिन मिल्ने छ। तर उक्त समयसम्म स्थानीय बासिन्दाहरुबाट पर्याप्त आवेदन नपरे कम्पनीले सो आइपीओ बिक्रीको समय थप गरी मंसिर ४ गते सम्म पुर्‍याउने छ।

आइपीओका लागि दरखास्त फाराम धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै आस्वा सदस्य तथा बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट प्राप्त गर्न तथा बुझाउन सकिन्छ।

साथै स्थानीयले एनएमबी बैंकको शाखा कार्यालय कुश्मीसेरा शाखा बागलुङ, कुमारी बैंकको शाखा कार्यालय राहाले पर्वत, ग्लोबल बैंकको शाखा कार्यालय कुश्मीसेरा बाग्लुङ र गरिमा विकास बैंकको शाखा कार्यालय ट्राफिक चोकबाट दरखास्त फाराम प्राप्त गर्न तथा बुझाउन सकिन्छ।