काठमाडौं। उत्पादकले तयार पार्छन् तर गाडी यात्रा गर्न कतिको सुरक्षित भन्ने ग्लोबल एनक्यापले मापन गर्ने गर्दछ। यसबारेमा मापन गर्ने पुरानो र नयाँ ग्लोबल एनक्याप क्र्यास टेस्ट प्रोटोकलमा के फरक छ भन्नेमा अन्योल छ। नयाँ क्र्यास टेस्ट प्रोटोकलहरूमा धेरै सुरक्षा सुविधाहरू पनि समावेश छन्।
ग्लोबल एनक्याप क्र्यास टेस्ट प्रोटोकलले गाडी कतिको सुरक्षित छ भन्ने कुरा मापन गरेर ५ स्टारसम्मको रेटिङ प्रदान गर्ने गर्दछ। अहिले यस प्रोटोकलमा केही परिमार्जन गरिका छन्।
ग्लोबल एनक्यापले भर्खरै नयाँ क्र्यास टेस्ट प्रोटोकलमा आधारित फक्सवागन टाइगुन र स्कोडा कुशाक एसयुभीहरूको सुरक्षा मूल्यांकन गरेको थियो। यी नयाँ प्रोटोकलहरू गत जुलाईदेखि लागु भएको हो। यसमा प्राविधिक परिवर्तन र परिमार्जनहरू प्रमुख विषय बनेका छन्।
पुरानो प्रोटोकलको स्टार मूल्यांकनले अगाडिको परीक्षणमा कारको प्रदर्शनलाई मात्र संकेत गर्ने गरिएको थियो। तर नयाँ प्रोटोकलले थप समग्र सुरक्षा मूल्यांकनलाई प्रतिबिम्बित गर्दछ। यसमा साइड इफेक्ट सुरक्षाको लागि अतिरिक्त क्र्यास परीक्षणहरूसहित सीट बेल्ट रिमाइन्डरहरूको लागि अंक प्रदान गर्दछ। यो यस भन्दा अघिको ग्लोबल एनक्यापमा समावेश थिएन।
यसअघि ग्लोबल एनक्यापले सिंगल फ्रन्ट एल क्र्यास टेस्टमा आधारित सवारी साधनको मूल्यांकन गर्ने गरेको थियो। यसलाई फ्रन्ट अफसेट डिफर्मेबल ब्यारियर (ओडीबी) परीक्षण भनिन्छ। यसमा ६४ किलोमिटर प्रति घन्टामा ४० प्रतिशत ओभरल्याप हुनेगरी सवारी दुर्घटना गर्नुपर्ने कुरा समावेश छ।
त्यसपछि रिडिङहरू कार भित्र राखिएको परीक्षण डमीहरूबाट लिइन्छ। त्यही आधारमा मूल्यांकन गरी एनक्यापले स्टार रेटिङ प्रदान गर्दछ। यसमा पनि एउटा युवा प्यासेन्जर र अर्को चाइल्ड प्यासेन्जरहरुको सुरक्षाको लागि मूल्यांकन गरिन्छ।
यसैगरी युवा प्यासेन्जरको सुरक्षाका लागि १६ र चाइल्ड प्यासेन्जरको सुरक्षाका लागि ४९ अंकमा मापन गरिन्छ। यससँगै अर्को दुर्घटना परीक्षण पनि गरिन्छ। यसमा साइड इफेक्ट टेस्ट र फ्रन्ट टेस्टलाई महत्त्वपूर्ण मानिएको छ। यसैलाई एनक्यापले ५ स्टार रेटिङ प्रदान गर्दछ। अघिल्लो प्रोटोकलहरूमा सवारी साधनहरूको निष्क्रिय सुरक्षा सुविधाहरू मात्र मूल्यांकन गरिएको थियो। साथै सक्रिय सुरक्षा सुविधाहरूमा थोरै मात्र टेस्ट हुने गरेको थियो।
नयाँ ग्लोबल एनक्याप प्रोटोकल
फ्रन्ट क्र्यास टेस्टमा गति र अफसेट प्रतिशत उस्तै रहँदा ग्लोबल एनक्याप क्र्यास टेस्ट डमीहरूमा छाती बचाउने सुरक्षामा थप कडा भएको छ।
नयाँ प्रोटोकल अन्तर्गत कारले ५ स्टार रेटिङको लागि लक्ष्य राखेको होस् वा नहोस परीक्षण अब अनिवार्य गर्नुपर्दछ। यदि कुनै गाडीले फ्रन्ट क्र्यास टेस्टमा शून्य स्टार अंक ल्यायो भने त्यसको अरु टेस्टहरु गरिने छैन।
अधिकतम वयस्क सुरक्षा स्कोर ३४ अंक हो। यसमा फ्रन्ट क्र्यास परीक्षणका लागि १६ अंक, साइड इफेक्ट परीक्षणका लागि १६ अंक र सीट बेल्ट रिमाइन्डरहरूको लागि २ अंक हो। प्रत्येक सीट बेल्ट रिमाइन्डरले ग्लोबल एनक्यापबाट ०.५ अंक पाउँछ। जसमा अधिकतम अंक २ मा सीमित गरिएको छ। यसमा योग्य हुन कुनै पनि कारको लागि सबै सिटहरूमा सिटबेल्ट रिमाइन्डरहरू हुनुपर्छ।
नयाँ प्रोटोकल अन्तर्गत ५ स्टार रेटिङ मूल्यांकन कारलाई मात्र दिइन्छ। यसले आवश्यक प्रोटोकल सर्तहरू पूरा गर्दछ। यसका लागि पोलसाइड इम्प्याक्ट, इलेक्ट्रिक स्टाबिलिटी कन्ट्रोल, पैदल यात्रीको सुरक्षा, सिटबेल्ट रिमाइन्डर लगायतका कुरामा टेस्ट गरिन्छ।