BIZMANDU
www.bizmandu.com

टेस्लाले सानो-सस्तो ह्याचब्याक बनाउने, अहिलेका मोडलहरु भन्दा आधा मूल्यमा उपलब्ध हुने

२०७९ कात्तिक ४

टेस्लाले सानो-सस्तो ह्याचब्याक बनाउने, अहिलेका मोडलहरु भन्दा आधा मूल्यमा उपलब्ध हुने
टेस्लाले सानो-सस्तो ह्याचब्याक बनाउने, अहिलेका मोडलहरु भन्दा आधा मूल्यमा उपलब्ध हुने


काठमाडौं। अमेरिकी विद्युतीय कार निर्माता टेस्लाले सानो ह्याचब्याक निर्माण गर्ने भएको छ। इलेक्ट्रिक गाडीहरु बजारमा धेरैजसो महँगो आइरहेका बेला टेस्लाले सस्तो ल्याउने भएको हो।

Tata
Global Ime

नयाँ त्रैमासिक तथ्यांकहरूको सम्मेलनका क्रममा टेस्लाका सञ्चालक इलन मस्कले साना कार उत्पादन गर्ने योजनाको पुष्टि गरेका हुन्।

टेस्लाको फोकस अब सानो इलेक्ट्रिक कार निर्माणमा हुने उनले बताएका छन्। यसका लागि कम्पनीले नयाँ प्लेटफर्मको विकास समेत गर्ने उनले खुलाए। साना ह्याचब्याक टेस्लाले तेस्रो प्लेटफर्ममा निर्माण गर्नेछ।

अहिले भइरहेको एस/एक्स र ३/वाई मोडलको भन्दा आधा मूल्यमा किन्न सकिने कम्पनीले जनाएको छ। मस्कले विगतमा विद्युतीय कार सस्तो बनाउने प्रमुख योजना घोषणा गरिसकेका छन्।

त्यही योजना अनुसार यो पहिलो कदम हो। हाल टेस्लाले डिजाइन गरेको हालको सानो ह्याचब्याक २५ हजार डलरसम्मका छन्। यसका लागि मोडल २ वा क्यु राखिने कम्पनीले जनाएको छ। हाल भएका मोडलहरुको सुरुवाती मूल्य ४८ हजार डलर छन्।

यो नयाँ गाडी निर्माण गर्नको लागि प्राविधिक टोलीले अब नयाँ प्लेटफर्ममा आफ्नो मुख्य फोकस राख्ने कम्पनीको भनाइ छ।

हाल भइरहेको टेस्लाको गाडी सस्तो हुनुको सट्टा आपूर्ति शृंखला, मुद्रास्फीति र मागका कारण हालै टेस्लाको मूल्य बढेको छ। नयाँ प्लेटफर्म जतिसुकै सानो भए पनि कम्पनीले कारखानाको आधा ठाउँमा आधा श्रमको साथ आधा लागतमा कारहरू निर्माण गर्न सक्षम हुने उद्देश्य राखिएको जनाएको छ। त्यसैले यो सानो कारको मूल्य आधा घट्ने कम्पनीको भनाइ छ।

मस्कले ब्याट्रीको साइज, दायरा, चार्जिङ पावर जस्ता मुख्य डाटाको विवरण खुलाएको छैन।